रासस

अङ्करा, टर्की, १८ माघ । सिरियाको अफ्रिन जिल्लामा टर्कीको सैनिकले गत जनवरी २० देखि गरेको सुरक्षा कारबाहीमा अहिले सम्म ७९० जना मारिएका छन् ।

Advertisement

मारिनेमा कुर्दीस डेमोक्र्याटीक युनियन पार्टी (पीवाईडी), पिपल्स प्रोटेक्सन युनियन (वाईपीजी) र इस्लामिक स्टेट (आइएस)का सदस्यहरू रहेको टर्कीका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

बुधबार र विहीबार रातभरीमा टर्कीको सुरक्षा फौजले आश्रयस्थल, आतङ्कारीहरूको हातहतियार लगायत नष्ट गरिदिएका छन् ।

आक्रमणकारीहरूले १८ भन्दा बढी आतङ्कवादीहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो भने ७८ लडाकूद्वारा गरेको आक्रमण विफल गराइएको छ ।

अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रतिवद्धता अनुसार नै कुनै आम नागरिकलाई असर नपारी भइरहेको सुरक्षा निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!