प्रदेशसभाको पूर्वाभ्यास बैठक सञ्चालन

प्रदेशसभाको पूर्वाभ्यास बैठक सञ्चालन

विराटनगर, २१ माघ । सोमबार हुने प्रदेश नं १ को पहिलो बैठकका लागि आज जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्वाभ्यास बैठक सञ्चालन गरियो । सो अवसरमा प्रदेश ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभा सञ्चालन गर्नुभयो । उहाँले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त पत्र सुनाउँदै प्रदेशसभा सदस्यलाई स्वागत गर्दै बैठक सञ्चालन गर्नुभयो । सो अवसरमा ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थ...
शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

पालुङ, मकवानपुर, २१ माघ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताउनुभएको छ । थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर नै गुणस्तरीय जनश...
माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

काठमाडौँ, २१ माघ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो । माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्...
ओख्रेमा लिफ्ट प्रणालीबाट सञ्चालन हुने खानेपानी आयोजना अन्तिम चरणमा

ओख्रेमा लिफ्ट प्रणालीबाट सञ्चालन हुने खानेपानी आयोजना अन्तिम चरणमा

धनकुटा, २१ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार स्थित अाेख्रेमा सञ्चालन हुने ओख्रे खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख १८ गते सम्ममा निमार्ण सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजनाको ८० प्रतिशत कार्य सम्पन्न भएको प्राविधिक बीरबहादुर भण्डारीले जानकारी दिए । गत वर्ष असार दोश्रो सातादेखि थालिएको आयोजनाको ईन्टेक,सम्प वेल,रिर्जवर टयाङ्की निमार्ण लगा...
सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व हो: प्रम

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व हो: प्रम

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको सहयोगार्थ आजदेखि शुरु भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माण गर्न सबैको सहयोग हुनुपर्ने बताउनुभयो । “स...
तीन एचआइभी एड्स संक्रमित फेला

तीन एचआइभी एड्स संक्रमित फेला

लिबाङ, रोल्पा, २१ माघ । यही माघमा मात्र यहाँ तीन जना एचआइभी एड्स संक्रमित फेला परेका छन् । रोल्पा प्लसका अध्यक्ष राधा विकले माडी गाउँपालिकाका एक दम्पती संक्रमित भएको र तिनको नवजात शिशु पनि संक्रमित हुन सक्ने बताउनुभयो । साथै सुवर्णावती गाउँपालिकामा पनि एक महिला संक्रमित भएको खुलेको छ । प्रवासी श्रीमान्का कारण श्रीमान्–श्रीमती दुवै संक्रमित बन्न पुगेको अध्यक्ष विकको भनाइ छ । यी थप तीनसहित हाल ज...
देवघाटलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ: राष्ट्रपति

देवघाटलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ: राष्ट्रपति

तनहुँ, देवघाट, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञको आज देवघाटधाममा उद्घाटन गर्दै उहाँले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रुपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बत...
निगाले सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी

निगाले सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी

धनकुटा, २० माघ । धनकुटाको छथर जोरपाटी गाउपालिका ६ नाम्जाङमा रहेको निगाले सिमेन्ट उद्योगमा स्थानीयबासीले तालाबन्दी गरेका छन् । वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयले दुई प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा प्रर्दशन गरेका हुन् । गत साता उद्योगका सञ्चालक दिनेश पौडेलमाथि कुटपिटमा सम्लग्न भएको आरोपमा स्थानीय दुई व्यक्तिलाई प्रहरीले विहिवार राति नियन्त्रणम...
प्रदेश ५ को नाम बुद्धसँग जोडेर राख्न दलहरू सहमत

प्रदेश ५ को नाम बुद्धसँग जोडेर राख्न दलहरू सहमत

काठमाडौं, २० माघ । प्रदेश ५ को नामकरण गौतम बुद्धसँग सम्बन्धित हुनुपर्ने पक्षमा दलहरू सहमत देखिएका छन् । गौतम बुद्धसँगै जोडिएको लुम्बिनी नाम बढी चर्चामा छ । तर, साबिकको लुम्बिनी अञ्चलसँगै राप्ती र भेरी अञ्चल जोडिएको, थारू, मगरात र खस–आर्यको क्लस्टर मिलाउनुपर्ने अवस्था आए बुद्धको नामसँगै कुनै अर्को नाम पनि जोड्न सकिने विकल्पमा छलफल सुरु भएको छ । बाँके, बर्दियासम्मलाई विश्वासमा लिन लुम्बिनी नभनी सि...
व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ

लहान, २० माघ । सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले खानलाई गोली प्रहार गरी फरार रहेको आरोपमा शुक्रबार साँझ धनुषाको कमलामाई नगरपालिका– ८ सोनापारा निवासी २० वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनुषाको धबौलीबाट...
वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

वार्षिक ६० हजार अर्बुदरोगीको उपचार

भक्तपुर, २० माघ ।  नेपालमा अर्बुदरोगीको संख्या सबैभन्दा बढी काठमाडौँ र काभ्रेपलाञ्चोकमा रहेको तथ्य सार्वजनिक भएको छ । अर्बुदरोग दिवसका अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा ऋषिकेशनारायण श्रेष्ठले एक वर्षका अवधिमा उपचार गरिएका बिरामीमध्ये काठमाडौँका ३४९ र काभ्रेपलाञ्चोकका १९१ रहेको बताउनुभयो । त्यस्तै भक्तपुरका १७८, ललितपुरका १५० र सिन्धुपाल्चोक १३८, मोर...
शिक्षकलाई नगरपालिकाबाट तलब वितरण

शिक्षकलाई नगरपालिकाबाट तलब वितरण

काठमाडौँ, २० माघ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले शिक्षकको तलब आफैँ वितरण गर्न थालेको छ । संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको शिक्षाको अधिकार कार्यान्वयन गर्दै नगरपालिकाले आफ्ना नगरक्षेत्रका शिक्षकको तलब वितरण गर्न थालेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा शिक्षा विभाग गठन गरेसँगै मंसिरदेखि नै नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकको त...
विद्युत् उत्पादनको अधिकार स्थानीय तहलाई दिइँदै

विद्युत् उत्पादनको अधिकार स्थानीय तहलाई दिइँदै

काठमाडौँ, १९ माघ ।  सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र अनुमतिसम्म जारी गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । स्थानीय तहले विद्युत् उत्पादन सर्वेक्षणका लागि दरखास्त दिँदा प्रवद्र्धकले रु दुई लाख ५० हज...
प्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबिच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबिच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १९ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले मैत्रिपूर्ण भेटवार्ताले दुई द...
बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुने

बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुने

धरान, १९ माघ । मोफसलको सबै भन्दा पुराने गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण भोली देखी शुरु हुदैछ । शनिवारबाट हुने खेलका सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले बताएका छ । आयोजकले धरान रंगशालामै पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो । विगतमा धरान १७ एन्फा एकाडढेमीको खेल मैदानमा हुदै आएको सो प्रतियोगिता रंगशाला निर्मााण सम्पन्न भएसंगै ६बर्ष...
शिक्षाका लागि खाद्य कार्यक्रमको प्रभावकारिता

शिक्षाका लागि खाद्य कार्यक्रमको प्रभावकारिता

ललितपुर, १९ माघ ।  कमजोर आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क तिर्न र खाजा खान नसक्ने अवस्थाका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम निकै प्रभावकारी रहेकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । विश्व खाद्य कार्यक्रम र शिक्षा मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत प्रत्येक विद्यार्थीले दैनिक ९० ग्राम पिठो, १० ग्राम तेल, १० ग्राम चिन...
सुरक्षित गर्भपतनले घट्दै छ स्वास्थ्य समस्या

सुरक्षित गर्भपतनले घट्दै छ स्वास्थ्य समस्या

बनियानी झापा, १९ माघ । सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ । स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् । जसका कारण महिलामा गर्भपतनपछि हुने अधिक रक्तस्राव, शारीरिक कमजोरी लगायतका स्वास्थ्य समस्यामा कमी हुन थ...
बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाईने

बीस वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाईने

काठमाडौँ, १९ माघ । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो । विभाग...
सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ, १९ माघ ।  गत असोजमा गरेको चार बुदेँ सम्झौता कार्यान्वयनका लागि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र संघबीच भएको सम्झौतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई परिमार्जन गरी बिना धरौटी हिरासतमा लिई कानून बमोजिम कारबाही प...
प्रचण्ड स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

प्रचण्ड स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

काठमाडाै‌, १९ माघ । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटघाट भएको छ । भेटपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले दुर्इ देशबीचको सम्बन्धलार्इ अझै मजबुत बनाएर लैजाने विषयमा छलफल भएको बताए । दाहालले भने, "विदेशमन्त्री स्वराजले चुनावपछिको तयारी र नयाँ सरकार गठनका विषयमा जिज्ञासा राख्नुभयो र...
मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

लहान, १९ माघ । अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय ब...
सरकारी वृद्धाश्रम दाताको सहयोगमा धानिँदै

सरकारी वृद्धाश्रम दाताको सहयोगमा धानिँदै

चितवन, १९ माघ । पवित्र तीर्थस्थल देवघाट धाममा सरकारी तवरबाट सञ्चालित वृद्धाश्रम दाताको सहयोगबाट धानिएको छ । विगत केही वर्षयतासम्म सरकारी बजेटको अभावमा दैनिक खाद्यान्न जुटाउन कठिन परेको देवघाट समाज कल्याण केन्द्रमा पछिल्ला वर्षमा खाद्यान्न र लत्ताकपडा किन्नु परेको छैन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको यस केन्द्रमा नौ वृद्ध र १९ जना वृद्धा रहेका छन् । केन्द्रको व्यवस्थापन हेर्दै आ...
साहित्यकार मनु ब्राजाकी को निधन

साहित्यकार मनु ब्राजाकी को निधन

काठमाडौँ, १९ माघ । साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहनुभएन । उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उहाँ...
रोल्पामा मकै छोडाउने कर्न सेलरको माग बढ्दै

रोल्पामा मकै छोडाउने कर्न सेलरको माग बढ्दै

लिबाङ, रोल्पा, १९ माघ । रोल्पामा कर्न सेलर (मकै छोडाउने मेशिन) निकै प्रभावकारी भएपछि यसको माग बढ्दै गएको कृषक समूहले बताएका छन् । विकास सरोकार समाज (डिकोस) रोल्पाद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) परियोजनाले जिल्लामा काम गर्दै आएका साविकका छवटा गाविसमा कर्न सेलर प्रदर्शनीपश्चात् वितरण गरेपछि यसको माग बढ्दै गएको हो । कार्यक्रम लागू भएका साविकका थबाङ, मि...
अदुवा निकासीमा लगाइएको भारतीय प्रतिबन्ध खुल्ला

अदुवा निकासीमा लगाइएको भारतीय प्रतिबन्ध खुल्ला

इलाम, १९ माघ । भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो । अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै अदुवा निकासी खुल्ला भएको इलाम नगरपालिकाका अदुवा व्यापारी कृष्ण पौडेलले जानकारी दिनुभयो । अदुवा निकासी ठप्प हुँदा किसान र व्यापारी दुवै चिन्तित भएका थिए । निकासी खुल...
आलेख: वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी !

आलेख: वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी !

सप्तरी, १९ माघ । स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन् । श...
कटारीमा कृषि क्याम्पस सञ्चालन हुने

कटारीमा कृषि क्याम्पस सञ्चालन हुने

गाईघाट, उदयपुर, १९ माघ । उदयपुर जिल्लाको कटारी नगरपालिका–५ स्थित सुष्मा मेमोरियल ट्रस्टको नाममा रहेको जग्गामा उदयपुर जिल्लामै पहिलो कृषि क्याम्पस सञ्चालन गर्नका लागि कृषि क्याम्पसको भवन निर्माण शुरु हुन लागेको छ । कटारीमा कृषि क्याम्पस सञ्चालन गर्नका लागि ट्रस्टको नाममा रहेको जग्गामध्य झण्डै आठ बिगाहा जग्गामा चैतको पहिलो हप्तादेखि नै वनविज्ञान र कृषि क्याम्पस भवन निर्माण कार्य शुरु हुन लागेको क...
अनुदानको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग

अनुदानको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग

काठमाडौं, १९ माघ ।  नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले अनुदानमा बिक्री–वितरण गर्दै आएको चामल उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गर्न थालेका छन् । संस्थानले अनुदानमा बिक्री गर्ने अरुवा मोटो चामल स्वादिलो नभएको भन्दै उपभोक्ताले घरेलु मदिरा उत्पादनमा प्रयोग गरेका हुन् । संस्थानबाट सस्तोमा लिएको चामल घर पुगेपछि मदिरा उत्पादन गर्ने गरिएको छ । चामलबाट मदिरा बनाउँदा किनेको मूल्यभन्दा दोब्बर...
नगरका चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने

नगरका चार वटा सामुदायिक विद्यालय ‘नमुना’ बनाइने

विराटनगर, १९ माघ । विराटनगर महानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि नगरका चार वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । ती विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट र प्राविधिक शिक्षाको पढाइ हुनेछ । पहिलो चरणमा आउँदो शैक्षिक सत्रदेखि एक संस्कृत, एक मदरसा र दुइटासामुदायिक विद्यालयलाई नमुनाका रूपमा सञ्चालन गरिनेछ । महानगरपालिकाप्रमु...
कस्तो अचम्म, माघमा पनि धान रोपाइँ !

कस्तो अचम्म, माघमा पनि धान रोपाइँ !

पथरी, मोरङ, १९ माघ ।  माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर महिला एकाबिहानैदेखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् । रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्षदेखि १०...
नेपाल वायुसेवा निगमको उडिरहेको जहाजमा मुसा !

नेपाल वायुसेवा निगमको उडिरहेको जहाजमा मुसा !

काठमाडौं , १९ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्लाखल्ला भयो । यो कुरा  चालक दलसम्म पुग्यो। अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन दशकअघि खरिद गरिएको १ सय ९० सिट क्षमताको ‘बि७५७–२००’ सिरिजको निगमको उक्त जहाज...
error: Content is protected !!