- देवकला कार्की/संगालोखबर

धनकुटा, १८ माघ । मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला कार्यसमिति धनकुटाले ‘एकल महिला अवसर कोष’ स्थापना गर्ने भएको छ । विपन्न एकल महिलालाई आर्थिक रुपमा सवल बनाउने उद्धेश्यले कोष स्थापना गरिने भएको हो ।

असहाय, अशक्त, विपन्न तथा जोखिममा रहेका एकल महिलालाई सहयोग गर्न कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष मीना राईले जानकारी दिइन् । कोष स्थापनाको लागि माघ २४ गते देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ संचालन गर्ने तयारी रहेको राईले बताइन् ।

कोष स्थापनाका लागि स्रोत व्यवस्थापन गर्दै आएको संस्थाले यसै महिनाको २४ देखि फागुन १ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।

एकल महिलाको भवन । तस्वीर : रबिन कटेल /संगालोखबर

महापुराणमा पण्डित नेत्रप्रसाद भट्टराई र सरोज घिमिरेबाट संगीतमय कथा वाचन गरिने जनाईएको छ ।

महायज्ञमा दान गर्ने व्यक्तिलाई दान गरेको राशीको आधारमा दान पेटिकामा राखिने देखि दोसल्ला ओडाएर, रजत फ्रेममा राखिएको सम्मान पत्रका साथ तीन पुस्ते नाम शिलालेखमा राखि सम्मान गरिनेछ ।

वि.स २०६६ सालमा जिल्लाका एकल महिलाहरु संगठित भएसगै २०६७ साल देखि एकल महिला जिल्ला कार्यसमिति धनकुटा एकल महिलाको हक अधिकारको क्षेत्रमा क्रियाशिल रहदै आएको छ । संस्थाले केहि वर्ष अघि नै आफ्नै भवन समेत निर्माण गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!