सहमतिबाट पछि हट्यो भारत : नयाँ हवाई रुट थप्न मानेन

सहमतिबाट पछि हट्यो भारत : नयाँ हवाई रुट थप्न मानेन

काठमाडौँ, २९ असोज । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् । ‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको...
बास्तोलाको अन्तिम संस्कार, कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, १३औँ दिन शोकसभा

बास्तोलाको अन्तिम संस्कार, कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, १३औँ दिन शोकसभा

काठमाडौँ, २९ असोज । कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्र बास्तोलाको निधनमा शोक व्यक्त गर्दै ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । मस्तिष्काघात भई ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलको शनिबार ललितपुरको खुमलटारस्थित निवासमा निधन भएको थियो । उनको निधनपछि आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो । २८ देखि ३० असोजसम्म पार्टी केन्द...
प्याराग्लाइडिङको विश्वकप नेपालमा

प्याराग्लाइडिङको विश्वकप नेपालमा

काठमाडौं, २९ असोज । हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो। पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ। निजी क्षेत्रको प्रयासमा चलिरहेको प्याराग्लाइडिङ खेलले अब बिस्तारै व्यापकता पाउन ल...
डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत र समर्थन (भिडियोसहित)

डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत र समर्थन (भिडियोसहित)

बिराटनगर, २८ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् । १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्माले थारु आईकन फाईनल कार्यक्रमका अवसरमा यस्तो घोषणा गरेका हुन् । ‘हिन...
स्व. नेता बाँस्तोलाप्रति सभापति देउवाद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि

स्व. नेता बाँस्तोलाप्रति सभापति देउवाद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि

काठमाडौँ, २८ असोज । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । बाँस्तोलाको पार्थिव शरीरमा सभापति देउवाले आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । बाँस्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १३ः३० देखि १६ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा राखिए...
सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन (भिडियोसहित)

सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन (भिडियोसहित)

बिराटनगर, २८ असोज । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । बिराटनगरमा भएको फाईनलमा उत्कृष्ट छनौट हुँदै सिवानीले मिस थारु आईकनको ताल पहिरिइन भने तेजेन्द्र मिस्टर थारु आईकन घोषित भए । पूर्वका १ सय १८ प्रतिष्प्रधिलाई पछि पार्दै बिराटनगर–८ स्थित मधुमारा बुद्धचौककी सिवानी र बिराटनगर–३...
८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरा, २८ असोज । चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म(एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाकानुसार विश्व ओमकार परिवारका ८८ हजार साधुसन्त एवं सर्वसाधारणको महामिलन गराउँदै व्यास क...
साझा यातायातको टिकट अनलाइनबाट

साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौँ, २८ असोज । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ। अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । ई...
हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, २८ असोज । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक जनाको बेनी र अन्य आठ शव काठमाडौँ पठाउने...
झापामा मकैको चिउरा उद्योग शिलान्यास

झापामा मकैको चिउरा उद्योग शिलान्यास

दमक, २८ असोज । झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गरे । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं १ ...
१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषा, २८ असोज । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् । उपरीक्षक थपलियाका अन...
काँग्रेस नेता बास्तोलताको निधन

काँग्रेस नेता बास्तोलताको निधन

काठमाडौँ । लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए । विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए।
सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब ५ बजेतिर अन्दाजी ७/८ जनाको अज्ञात समुहले स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर बीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी गरेर भागेको जनाईएको छ । जग्गाको सिमाना साझेदारीमा भएकाले दुबैजनाले लगाएको उक्त र...
व्यापारीले ५२ करोड कर तिरेनन्

व्यापारीले ५२ करोड कर तिरेनन्

विराटनगर, २८ असोज । मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएका छन्। विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई यनीहरूबाट करवापतको बक्यौता उठाउन हम्मेहम्मे परेको छ । कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो तर उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए। लामो समयदेखि आ...
क्लियरिङ हाउसमा एकै दिनमा ४६ अर्ब कारोबार

क्लियरिङ हाउसमा एकै दिनमा ४६ अर्ब कारोबार

काठमाडौं, २८ असोज । दसैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० लाख रूपैयाँ कारोबार भयो । त्यसमध्ये चेक क्लियरिङबाट ३८ अर्ब ९७ करोड र बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत सात अर्ब ६४ करोड छ । हरेक वर्ष दसैंअघि कारोबार बढ्छ । फूलपातीको अघिल्लो दिन सबैभन्दा धेरै ...
भारतको उडिसा राज्यमा आएको चक्रवातमा परी २१ को मृत्यु

भारतको उडिसा राज्यमा आएको चक्रवातमा परी २१ को मृत्यु

नयाँदिल्ली, २७ असोज । भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ । चक्रवा...
धनकुटामा पौराणिक उपन्यास अहल्याको विमोचन

धनकुटामा पौराणिक उपन्यास अहल्याको विमोचन

धनकुटा, २७ असोज । साहित्यकार ठाकुरप्रसाद बरालको पौराणिक उपन्यास अहल्याको सनिवार धनकुटा ६ स्थित सहिद भीमनारायण श्रेष्ठ निवासमा विमोचन गरिएको छ । कार्यक्रममा सहिदपत्नि लक्ष्मीदेवी श्रेष्ठले पुस्तकको लोकार्पण गरेकी छिन् । पुस्तक धनकुटा साप्ताहिकले प्रकासन गरेको हो । उपन्यासका प्रमुख पात्रको रुपमा उल्लेखित अहल्या ब्रम्हापुत्री एवं महर्षि गौतमकी पत्नी रहेको उपन्यासका लेखक बरालले जानकारी दिए । लामो ...
वेसाहाराको साहारा बने विराटनगरका फुटवल प्रशिक्षक विक्की

वेसाहाराको साहारा बने विराटनगरका फुटवल प्रशिक्षक विक्की

मोरङ, २७ असोज । ‘एक प्रयास समाज खुसीका लागी हाम्रो अभियान अग्रजलाई सम्मान’ भन्ने नाराका साथ विराटनगरका पूर्व खेलाडी बाढी पीडितको घर बनाउने अभियानमा जुटेका छन् । विगत बर्षको बाढीका कारण प्रभावितको लागि घर बनाउने अभियानका उनी जुटेका हुन् बाढीले विराटनगरमा ठूलै क्षती पुर्याएको थियो । विराटनगर १ पोखरिया परोपकार घाटका लालबहादुर श्रेष्ठ र सुशिला श्रेष्ठ दम्पतीको पनि घर बाढीले क्षती गरेको थियो। यो क्...
पूँजीबजारमा टेलिकम अग्रस्थानमा : तीन अर्बको सम्पत्ति बढ्यो

पूँजीबजारमा टेलिकम अग्रस्थानमा : तीन अर्बको सम्पत्ति बढ्यो

काठमाडौँ, २७ असोज । बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम नै अग्रस्थानमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको यस साताको कूल १० उत्कृष्ट कम्पनीको सूचीमा टेलिकम नै कायम छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १७ अर्ब ४५ करोड पुगेको छ । गत साताको तुलनामा टेलिकमको बजार मूल्यमा करीब रु तीन अर्बले वृद्धि भएको हो । गत साता टेलिकमको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३...
नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

इनरुवा, २७ असोज । सुनसरी इटहरी उपमहानगरपालिका– १३ खनारस्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीया रिया खातुन नहरमा खसेका थिए । समिरको केही छिनपछि शव फेला परेको थियो भने रिया साँझसम्म फेला नपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । रि...
मोटरसाईकल दुर्घटनामा सांसद घाइते

मोटरसाईकल दुर्घटनामा सांसद घाइते

उदयपुर, २७ असोेज । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार बेलुकी दुई मोटरसाईकल एकआपसमा जुझ्दा प्रदेश सांसद र अर्का एक व्यक्ति घाईते भएकाछन् । गाईघाटस्थित त्रियुगा नगरपालिका ११ तरकारी बजार नजिक दुई मोटरसाईकल एकआपसमा जुझ्दा उदयपुर क्षेत्रनं २ को प्रदेशनं १ का सांसद नारायणबहादुर बुर्जा मगर घाईते भएका हुन् । सांसद मगर चढेको स.४.प. ४९१६ नम्बरको र विपरीत दिसाबाट आउँदै गरेको बा.४२.प. ७८६ नम्बरको मोटरसाई...
गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहाद...
निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

भीमदत्तनगर,२७ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिक...
राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ, २७ असोज । विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए । शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो । उपाधिसँगै नेपाल विश्...
दशैंमा रातो मासु र मदिरा खादा हुनसक्छ यस्तो खतरा

दशैंमा रातो मासु र मदिरा खादा हुनसक्छ यस्तो खतरा

काठमाडौँ । दशैंमा मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्छ । दशैंमा बढी खसी, रांँगा र बोसो हुने बगुर, बँदेलको रातो मासु सकभर खानुहुँदैन । आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन्छ । चाडबाडमा मासु खानुअघि सकभर सबैले नसके औषधि सेवन गरिरहे...
मन्त्रीहरुको कामकाे मूल्यांकन अब ‘अनलाइन मनिटरिङ’ प्रणालीबाट

मन्त्रीहरुको कामकाे मूल्यांकन अब ‘अनलाइन मनिटरिङ’ प्रणालीबाट

काठमाडौं,२७ असोज । मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको छ। ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्ने भएकाे छ। साेही विवरणका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन्। सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्र...
डिकी एवं छतभित्र पशुपंक्षी ढुवानी गरे कारवाही

डिकी एवं छतभित्र पशुपंक्षी ढुवानी गरे कारवाही

काठमाडौँ, २७ असोज । पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ । रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक ...
टिपर दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

टिपर दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

धादिङ, २७ असोज । पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा ५ ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार म...
निर्मला हत्याको प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

निर्मला हत्याको प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?

काठमाडौं,२७ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन । कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ । मुलुकी फौजदारी संहिता २०७४ अनुसार प्रमाण नष्ट ...
सोमबारदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने

सोमबारदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने

काठमाडौं, २७ असोज । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आगामी सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सोमबारबाट सबैको प्रतीक्षा सकिँदैछ। सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ।’ श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (ट...
भोजपुरमा रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुरमा रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुर, २७ असोज। पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो। कतिपय जिल्लाका गाउँवस्ती यसका लागि प्रख्यात छन्। किसानको जीवनस्तर उकास्ने रुद्राक्षको मोल र महत्व बढेसँगै यसलाई जोगाउन निकै चुनौती थपिएको छ। किसानले पनि जोगाउने नयाँ नयाँ उपायसँगै प्रविधिको समेत उपयोग गर्न सुरु गरेका छन्। भोजपुरको उत्तरी भेगको प्रमुख आम्दानी...
error: Content is protected !!