तिहारमा १७ लाख माला खपत हुने
काठमाडौँ, ५ कात्तिक । यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ ।
गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।
अघिल्ला वर्षको तुलनामा यस वर्ष तिहार ढिला परेको छ जसका कारण स्थानीय फूल फुलेर सुकिसकेका छन् ।...






























