संगालोखबर संवाददाता

काठमाडौं,२७ असोज । मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको छ। ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्ने भएकाे छ।

साेही विवरणका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन्। सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्रम पूरा गर्न तय गरेको ‘एक्सन प्लान’अनुसारको प्रगति हरेक महिनाको ७ गते प्रत्येक निकायले अनलाइनमार्फत् प्रधानमन्त्री कार्यालयमा पेश गर्नु पर्नेछ।

Advertisement

कामको प्रगति विवरण प्रधानमन्त्री र उन मातहतका अधिकारीले अनुगमन र मूल्यांकन गर्ने खबर अाजकाे राजधानी दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement