संगालोखबर सम्वाददाता

बिराटनगर, २८ असोज । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । बिराटनगरमा भएको फाईनलमा उत्कृष्ट छनौट हुँदै सिवानीले मिस थारु आईकनको ताल पहिरिइन भने तेजेन्द्र मिस्टर थारु आईकन घोषित भए ।

Advertisement

पूर्वका १ सय १८ प्रतिष्प्रधिलाई पछि पार्दै बिराटनगर–८ स्थित मधुमारा बुद्धचौककी सिवानी र बिराटनगर–३ पिपलचौकका तेजेन्द्रले प्रदेश स्तरीय थारु आईकनको उपाधि जितेका हुन् । कार्यक्रममा पूर्व मिस नेपाल माल्विका सुब्बाले सिवानीलाई मिस थारु आईकनको ताल पहिराईदिएकी थिईन् । मिस्टर र मिस थारु आईकन दुवैलाई नोबेल शिक्षण अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक इन्दिरा शर्माले ५०/५० हजारको चेक प्रदान गरिन् ।

त्यस्तै उदयपुरको गाईघाटका सृजना चौधरी मिस फस्ट रनरअप र बिराटनगर कञ्चनवारीका सिजन चौधरी मिस्टर फष्ट रनरअप घोषित भए । त्यस्तैगरी इटहरीकी अंकिता चौधरी मिस सेकेण्ड रनरअप र सुनसरी बरजुका सुवास चौधरी मिस्टर सेकेण्ड रनरअप बनेका छन् । नोबेल शिक्षण अस्पतालको तर्फबाट फस्ट रनरअपलाई ३० र सेकेण्ड रनरअपलाई २० हजारका दरले जनही पुरस्कार प्रदान गरिएको छ ।

फाईनलमा माल्विका सुब्बा, साजित आलम, पर्शुराम चौधरी, भोला चौधरी र तुलसी पोख्रेल निर्णायकको भूमिकामा थिए । थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्ने उद्धेश्यले थारु कला केन्द्रले आयोजना गरेको थारु आईकन करिव दुई महिनासम्म चलेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!