काठमाडौँ, २९ असोज । नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता काठमाडौँमा सहमति जनाएको भारत त्यसबाट पछि हटेको छ । प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँ दिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

‘भारतीय प्राविधिकले डिफेन्स कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ । प्रविधिकको वार्ताबाट टुंगिएन ।’

Advertisement

उनका अनुसार नेपालले मागेका हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारतले अनुमति दिन नसकिने जनाएको छ ।
प्राविधिक तहको उक्त एक दिने बैठक बिहिबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो ।,  आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्राविधिक तहको उक्त एकदिने बैठक बिहीबार दिल्लीस्थित राजीव गान्धी भवनमा भएको हो । ‘ढोका बन्दै भइसकेको छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘नेपालमा पछिल्लो पटक बढ्दो हवाई चापमा उनीहरू पनि सघाउन चाहन्छन् । तर यस पटक टुंग्याउन सकिएन ।’

दुई देशका प्रधानमन्त्रीबीच काठमाडौंमा भएको भेटघाटपछि वैशाख २९ गते जारी संयुक्त वक्तव्यमा हवाई रुट थप्ने विषय समेटिएको थियो । असार २ गते भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिक वार्ता गर्न काठमाडौं आएका थिए । नेपालको नागरिक उड्डयन प्राधिकरणको टोलीसँग वार्तापछि उनीहरूले थप चार अन्तर्राष्ट्रिय रुट उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।

त्यसैलाई पूर्णता दिन प्राधिकरणले बुधबार प्राविधिक निर्देशक दीपक बरालको संयोजकत्वमा ५ सदस्यीय टोली भारत पठाएको थियो । काठमाडौंमा सम्पन्न बैठकमा दुवै मुलुकका प्राविधिक टोलीमार्फत सेम्टेबरमा उडान सुरक्षा मूल्यांकन गरी टुंगो लगाउने सहमति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!