काठमाडौँ । दशैंमा मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्छ । दशैंमा बढी खसी, रांँगा र बोसो हुने बगुर, बँदेलको रातो मासु सकभर खानुहुँदैन ।

Advertisement

आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन्छ ।

चाडबाडमा मासु खानुअघि सकभर सबैले नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले स्वास्थ्य जाँच गराउनुपर्छ । अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सीको बढी सेवनले दशैं दशा बन्ने गरेको पाइन्छ ।

चिकित्सकहरुले उच्च रक्तचाप र मुटुरोगीलाई दशैंँमा बढी रातो मासु र मदिरा नखान सुझाव दिने गरेको पाइन्छ । दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानुपर्ने हुन्छ ।

अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्नाले दशैंमा र दशैंलगत्तै उच्च रक्तचाप र मुटुरोगी बढ्ने चिकित्सकहरुको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!