एक परिवार एक रोजगार
बुटवल, १० माघ । बुटवल उपमहानगरपालिकाले एक परिवार, एक रोजगार/स्वरोजगार कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम प्रदान गरेको छ । ‘मेयर युवा इलम’ नामको कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम प्रदान गरिएको हो ।
इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । नगर...































