गाईघाट (उदयपुर), १० चैत ।  केही दिनयता उदयपुरका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ ।

Advertisement

उदयपुर हँडिया सामुदायिक वन र शिवशक्ति सामुदायिक वनको साउने खाँबु क्षेत्रमा विगत चार दिनदेखि जारी रहेको आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गरिएको र अहिले आगलागी नियन्त्रणमा आएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरले जनाएको छ ।

यसैगरी उदयपुरका करिब एक सयभन्दा बढी सामुदायिक वनमा आगलागी भइरहेको र यसको नियन्त्रण गर्ने कार्य कर्मचारी र स्थानीयवासीले मात्र सम्भव नदेखिएपछि कटारी, त्रियुगा र चौदण्डी नगरपालिकाका तीनवटा दमकललाई प्रयोगमा ल्याएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!