मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालीगण्डकी नदीको पानी केही रोकिएको भए पनि रुखलाई काटेर हटाएसँगै नदी पुरानै स्वरुप...
धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

बनेपा, ९ माघ । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दावी गर्नुभयो । “सुपरम्यान जि...
बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीः मन्त्री अधिकारी

बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीः मन्त्री अधिकारी

भद्रपुर, ९ माघ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हु...
अधिकांश स्थानमा वर्षा र हिमपात

अधिकांश स्थानमा वर्षा र हिमपात

काठमाडौँ, ९ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । मङ्गलबार रातिदेखि शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः शुरु हुने मौसमविद...
अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

सान फ्रान्सिस्को, ९ माघ ।“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भए...
धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम

धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम

बागलुङ, ९ माघ ।  धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ । पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । ...
ट्याक्सी चालकबाट बढी सहयोग

ट्याक्सी चालकबाट बढी सहयोग

सोलुखुम्बु, ९ माघ ।  मध्य दूधकोशीको काँकुमा जन्मनु भएका फुर्वा शेर्पा धेरैको धन्यवादको पात्र बन्नुभएको छ । विगत १४ वर्षदेखि अमेरिकामा ट्याक्सी चालक रहनुभएका शेर्पाले नेपालका विभिन्न व्यक्तिलाई सहयोग गर्नुभएको छ । शेर्पाले आफ्नै पहलमा जिल्लाको नेचासल्यानका आङपासाङ शेर्पा र काठमाडौँमा अनाथ बालबालिकालाई पढाउँदै आउनुभएका राजन विश्वकर्मालाई केही दिन अगाडि मात्रै सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो ...
सुन्तला खरीद गर्न व्यवसायी घरघरै

सुन्तला खरीद गर्न व्यवसायी घरघरै

पर्वत, ९ माघ । बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो रु ८० का दरले पुनलाई नै बिक्री गर्नुभयो । विगतका वर्षमा पुसको तेस्रो सातास...
अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

चितवन, ९ माघ । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफैँले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक ...
उदयपुरमा केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

उदयपुरमा केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

गाईघाट, ९ माघ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव च...
धराबासीसहित तीन जनालाई सम्मान गरिने

धराबासीसहित तीन जनालाई सम्मान गरिने

भद्रपुर, ९ माघ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहि...
एक भारतीयसहित दुई जना पक्राउ

एक भारतीयसहित दुई जना पक्राउ

गौशाला, ९ माघ ।  भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैला...
दुर्घटनामा सत्ताइस जना घाइते

दुर्घटनामा सत्ताइस जना घाइते

कावासोती, ९ माघ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा  दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनका...
हुम्लामा हिउँमा चिप्लेटी

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला, ९ माघ । हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,...
पब्जीको लतमा युवा

पब्जीको लतमा युवा

काठमाडौंँ, ९  माघ । युवा तथा किशोर–किशोरीमाझ लोकप्रिय बन्दै गएको ‘भर्चुअल’ खेल हो ‘पब्जी’ । यो अनलाइन खेल हो । यो खेलका कारण युवकयुवती आफ्नो दैनिक कामसमेत बिर्सन थालेका छन् । ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक हो । समूहमा खेलिने यो खेलको लतका कारण युवापुस्तामा मानसिक समस्या देखिन थालेको चिकित्सक बताउँछन् । पाटन अस्पता...
साझा सञ्चार धनकुटाका सदस्य पौडेललाई मातृशोक

साझा सञ्चार धनकुटाका सदस्य पौडेललाई मातृशोक

धनकुटा, ८ माघ । साझा सञ्चार नेपाल धनकुटाका सदस्य रुद्र पौडेललाई मातृशोक परेको छ । आमा सीता पौडेलको ५३ बर्षको उमेरमा मंगलवार राती ८ः३० बजे निधन भएको परिवार स्रोतले जनाएको छ । महालक्ष्मी नगरपालिका–७ याङपाङ्ग स्थित कारवारी गाउँ निवासी पौडेल सात महिनादेखि पेनक्रियाजको समस्याले पीडित थिईन् । धनकुटाको फोकल्याण्ड टापु स्थित छोरी मुनाको घरमा उनको निधन भएको हो । पौडेलको पार्थिव शरिरलाई बुधबार बिहान मुल...
यात्रुले छाडेको पाँच लाख फिर्ता

यात्रुले छाडेको पाँच लाख फिर्ता

भद्रपुर, ८ माघ ।  झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ । इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा आज सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँड्नु भएको थियो । ढुङ्गेलले इलाका प्...
जेल जानबाट बचे रोनाल्डो

जेल जानबाट बचे रोनाल्डो

काठमाडौँ, ८ माघ । स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३ महिना जेल सजाय पनि सुनाएको छ तर, उनी जेल बस्नु पर्ने छैन । यो सिजन रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो मंगलबार स्पेनिस अदालतमा हाजिर भएका थिए । मिडियालाई छल्ने प्रयास गरेका रोनाल्डोले भिडियोमार्फत उपस्थित हुने वा अदालतको भवनमा कारमार्फत प्रवे...
रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

काठमाडौँ, ८ माघ ।  नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । बैंकले बैंकिङ कार्यालयलगायत सम...
बलिउडका यी ५ अभिनेत्रीको सबैभन्दा बढी अफेयर्स

बलिउडका यी ५ अभिनेत्रीको सबैभन्दा बढी अफेयर्स

मुम्बई । बलिउड फिल्ममा प्रेम, रिलेशनसिप र ब्रेकअप जसरी देख्न सकिन्छ । त्यस्तै सेलिब्रेटीको रियल जीवनमा पनि हुने गरेका छन् । अभिनेत्री हुन् वा अभिनेता, एकभन्दा बढीसँग प्रेम र रोमान्स उनीहरुको लागि सामान्य कुरो हो । बलिउडमा केही कलाकार यस्ता पनि छन् । जसको रिलेशनसिपमा पनि रेकर्ड बनेको छ । आज बलिउडका ती ५ अभिनेत्रीको चर्चा गर्न खोजेका छौं । जसको अफेयर्स एकभन्दा बढी ब्यक्तिसँग चल्यो । कंगना रनौत ...
महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ । चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने बताइएको छ । न...
लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ

काठमाडौँ, ८ माघ । प्रहरीले नागढुङ्गाबाट आज लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेकपोष्टमा गाडी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा पोखरीया नगरपालिका–४ का १८ वर्षीय अभिनाश यादव, गोकर्णेश्वर नगरपालिका–७ का २२ वर्षीय विजय भारती, काठमाडाँै बूढानीलकण्ठ नगरपालिकाका २१ वर्षीय सुदिप ठकुरी र २४ वर्षीय रा...
‘निर्मला हत्यामा गम्भिरताका साथ अनुसन्धान भइरहेको छ’

‘निर्मला हत्यामा गम्भिरताका साथ अनुसन्धान भइरहेको छ’

काठमाडौँ, ८ माघ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाल प्रहरीलाई निर्मला हत्याको दोषील...
पाँचथरको  दुर्गम गाउँमा व्यावसायिक दूध उत्पादन

पाँचथरको दुर्गम गाउँमा व्यावसायिक दूध उत्पादन

फिदिम, ८ माघ । याङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ । सात वटा माउ गाई पाल्नुभएका पोखरेलले अहिले दैनिक १४ लिटर दूध बेच्दै आउनुभएको छ । आफ्नो दुर्गम गाउँमा व्यावसायिक गाईपालन र दूध उत्पादन हुन्छ भन्ने उहाँले कहिल्यै सोच्नुभएको थिएन तर, आज उहाँ नै व्यावसायिक रुपमा दूध ...
भोजपुरमा २० पुरुषले दर्ता गराए सम्बन्धविच्छेद मुद्दा

भोजपुरमा २० पुरुषले दर्ता गराए सम्बन्धविच्छेद मुद्दा

भोजपुर, ८ माघ । नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् । जिल्ला अदालत भोजपुरका अनुसार भदौमा नौ, असोजमा तीन, कात्तिकमा दुई, मङ्सिरमा दुई, र पुस महीनाको मसान्तसम्म ...
एक्काइस अभियानकर्मी पक्राउ

एक्काइस अभियानकर्मी पक्राउ

काठमाडौँ, ८ माघ ।  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखाका स...
भोजपुरमा बालिका बलात्कार अभियोगमा दुई पक्राउ

भोजपुरमा बालिका बलात्कार अभियोगमा दुई पक्राउ

भोजपुर, ८ माघ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छ...
गाडीका सिट निकाल्दै

गाडीका सिट निकाल्दै

डोटी, ८ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ । डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि लामो दूरीका गाडीले आफूखुशी जोडेका सिट हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्य...
बबईमा १० किलोमिटर तटबन्ध

बबईमा १० किलोमिटर तटबन्ध

लमही, ८ माघ । बबई नदीले कटान गरेको दाङ क्षेत्रमा पर्ने करीब १० किलोमिटर तटबन्ध निर्माणको काम पूरा भएको छ । नदीले खेतयिोग्य जमीन कटान गर्न थालेपछि आर्थिक वर्ष २०६६/६७ मा जनताको तटबन्ध लमही कार्यालय स्थापना गरी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको हो । दाङ खण्डमा बबई नदीले कटान गरेको दुबै किनारा गरी करीब २० किलोमिटर क्षेत्रमा चालु आर्थिक वर्षभित्र तटबन्ध गर्नुपर्ने हो तर अहिलेसम...
शेयर बजार : सामान्य अङ्कले वृद्धि

शेयर बजार : सामान्य अङ्कले वृद्धि

काठमाडौँ, ८ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ ह...
कांग्रेसद्वारा संसद अवरुद्ध

कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौँ, ८ माघ  ।  प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको आरोप लगाएको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ । संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिए । उनले दुबै अस्पताललाई संघीय सरकार म...
error: Content is protected !!