जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

काठमाडौँ, १५ माघ । अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज/काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ । प्रतिष्ठानले पहिलोपटक आफ्नै प्लान्टबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको हो । प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि ज...
दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

दुई हजार ८०७ सुरक्षाकर्मी शहीद

काठमाडौँ, १५ माघ ।  सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो अपराह्न बसेको मन्त्रिपरिषद्क...
दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै

खोटाङ, १५ माघ । विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानालाई आर्थिक सहयोग जुट्न थालेको छ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाउनुभएका उहाँकोे बिचल्ली भएको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछ...
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

बेझाड, पाल्पा, १५ माघ ।  धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी छ । कोही रित्तो हात निराश हुँदै घर फर्कन्छन् त, कोही काठको बाकसमा । परिवारको सुखद भविष्यको आशामा रामपुर नगरपालिका–६ तिलकपुरका ३७ वर्षीय डोलराज कुमाल तीन वर्ष अघि मलेशिया पुगे । उनी दुई छोरी र श्रीमतीको ल...
भारतीय दूध आयातको नयाँ मार्ग

भारतीय दूध आयातको नयाँ मार्ग

बाँके, १५ माघ । नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् । व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् । भारतबाट नेपालगञ्जमा भित्रिने दूध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघ...
अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र

भक्तपुर, १५ माघ । भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो । जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो ...
नेपाली क्रिकेटको ऐतिहासिक फड्को

नेपाली क्रिकेटको ऐतिहासिक फड्को

काठमाडौँ, १५ माघ । नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो । तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौँदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमानसमेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् । साधारणसभा तथा नयाँ नेतृत...
कल बाइपास गर्ने भारतीय पक्राउ

कल बाइपास गर्ने भारतीय पक्राउ

राँझा, १५ माघ । नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले जानकारी दिनुभयो । चटर्जीको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई था...
दोलखामा बाक्लो हिमपात (फोटो फिचर)

दोलखामा बाक्लो हिमपात (फोटो फिचर)

दोलखाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल कालिञ्चोकमा बाक्लो हिमपात भएको छ । हिउँ ३ फिटसम्म जमेको छ । हिउँ खेल्न बिभिन्न स्थानबाट सयौंको संख्यामा पर्यटक पुगेका छन् । हिउँका कारण यातायात प्रभावित बनेको छ । तस्बिर सौजन्यः गीता अधिकारी 
के छ बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा

के छ बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा

काठमाडौँ, १५ माघ । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ । यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि ऐन बन्ने प्रायः निश्चित भएको छ । तर प्रा डा गोविन्द केसीको मागअनुसार यो विधेयक संसद्मा प्रवेश गरे पनि केसीको अनशन भने अझै समाप्त भएको छैन । हालै ...
बिराटचौक तनावग्रस्त : ट्रिपरमा आगजनी गर्दै प्रदर्शन, घटनाले उग्ररुप लिएपछि प्रशासनद्वारा निषेधाज्ञा जारी

बिराटचौक तनावग्रस्त : ट्रिपरमा आगजनी गर्दै प्रदर्शन, घटनाले उग्ररुप लिएपछि प्रशासनद्वारा निषेधाज्ञा जारी

विराटनगर, १३ माघ । टिपरको ठक्करपछि वालिकाको मृत्यूको बिषयलाई लिएर आक्रोसित बनेका स्थानीयले आधा दर्जन टिपरमा लगातार आगजनी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले विराटचोकदेखि बेलेपुरसम्म निषेधाज्ञा जारी गरेको छ । घटनाले उग्र रुप लिएपछि विराटचौक–बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनले विराटचौक, सिसौघारी, बेल...
उपचार गर्न नसकेर मृत्युको मुखमा पुगेका बिरामीका लागि ‘भगवान’ बन्दै डा.शर्मा (भिडियोसहित)

उपचार गर्न नसकेर मृत्युको मुखमा पुगेका बिरामीका लागि ‘भगवान’ बन्दै डा.शर्मा (भिडियोसहित)

विराटनगर, १३ माघ । गाला भित्र निस्किएको ट्यूमर बढ्दै गएर घाउमा किरा पर्दासमेत उपचार गर्न नसकी पीडाले तड्पिन बाध्य थिए मोरङको पथरीशनिश्चरेका चन्द्रबहादुर राई । पैसा नभएकै कारण उपचार गर्न नसक्दा थलिएर मृत्युको मुखमा पुगेका ४४ बर्षीय राईका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा ‘भगवान’ सरह बने । घाउमा स्याँउस्याँउती किरा परेर दुर्गन्धित भई छेउछाउमा मान्छे जानै छोडिसकेका बेला डा.शर्मा बेसहारा राई...
बारामा जीप दुर्घटना हुँदा शसस्त्रका एसपीको मृत्यु, सीडीओसहित चार जना गंभीर घाईते

बारामा जीप दुर्घटना हुँदा शसस्त्रका एसपीको मृत्यु, सीडीओसहित चार जना गंभीर घाईते

बारा, १२ माघ । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर ...
धनकुटामा वालविवाह न्यूनिकरणका विषयमा वक्तृत्वकला प्रतियोगिता

धनकुटामा वालविवाह न्यूनिकरणका विषयमा वक्तृत्वकला प्रतियोगिता

धनकुटा, १२ माघ । धनकुटाको देब्रेबासमा शनिवार ‘बालविवाह न्यूनिकरणमा वालवालिकाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वडास्तरीय सम्वृद्धि बाल क्लब धनकुटा ४ को आयोजनामा देब्रेबासस्थित सामुदायिक भवनमा प्रतियोगिता गरिएको हो । ९ विद्यालयका छात्रछात्रावीच भएको प्रतिष्प्रधामा सभ्यता बुढाथोकी प्रथम भएको सामाजिक परिचालक रेनु पौड्यालले जानकारी दिईन् । उनका अनुसार आदर्श अधिकारी दोस्रो, प्...
धनकुटामा बढे सम्बन्ध बिच्छेदका मुद्दा

धनकुटामा बढे सम्बन्ध बिच्छेदका मुद्दा

धनकुटा, १२ माघ । बैदेशिक रोजगारीमा गएका पुरुष घर फर्किएर सम्बन्ध बिच्छेद गर्ने क्रम धनकुटामा बढ्दै गएको छ । नयाँ मुलुकी ऐन आएसंगै यस्तो प्रविद्धि बढ्दै गएको जिल्ला अदालत धनकुटाले जनाएको छ । जिल्ला अदालतका अनुसार विगत छ महिनाको अवधिमा पुरुष बादि भएर सम्बन्ध विच्छेदका लागि १६ मुद्दा दर्ता गरेका छन् । जिल्ला अदालतमा विगत बर्षदेखि सम्बन्ध विच्छेदका मुद्दा दोब्बर बढेको अदालतको तथ्यांक छ । गतबर्ष ३४ व...
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षाः आइतबारदेखि मौसममा सुधार

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षाः आइतबारदेखि मौसममा सुधार

काठमाडौँ, १२ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिम भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको स...
झापामा सिमेन्ट उद्योगका व्यवस्थापक शङ्कास्पद अवस्थामा मृत भेटिए

झापामा सिमेन्ट उद्योगका व्यवस्थापक शङ्कास्पद अवस्थामा मृत भेटिए

सुरुङ्गा, १२ माघ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए । पर्शुराम अग्रवालले सञ्चाल...
धरानका रमेश प्रसाईले जिते पब्लिक स्पीकरको उपाधि

धरानका रमेश प्रसाईले जिते पब्लिक स्पीकरको उपाधि

काठमाडौं, ११ माघ। पब्लिक स्पीकर नेपाल २ को उपाधि धरानका रमेश प्रसाईले हात पारेका छन् । फाइनल चरणमा ५ जना प्रतिष्पर्धीलाई पछि पार्दै रमेशले उपाधि हात पारेका हुन् । देशका १२ स्थानमा भएको अडिसनमा सहभागी ११ सय प्रतिष्पर्धीबाट रमेशले उपाधि माथि कब्जा जमाए । उनले प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधा समेत हात पार्न सफल भए । रमेशले नगद तीन लाख र ट्रफी हात पारे । रमेश प...
धनकुटामा बिद्यार्थीलाई दुना-टपरी गाँस्न सिकाइँदै

धनकुटामा बिद्यार्थीलाई दुना-टपरी गाँस्न सिकाइँदै

धनकुटा, ११ माघ । धनकुटामा बिद्यार्थीहरुलाई दुना–टपरी गाँस्ने काम सिकाउन थालिएको छ । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखि पाठशालाले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि बालबालिका लक्षित दुनाटपरी निर्माण तालिम सुरु गरेको हो । धनकुटा नगर क्षेत्रका १० विद्यालयमा अध्ययनरत ३० जना छात्रछात्राले दुना–टपरी बनाउन सिक्दैछन् । गोकुण्डेश्वर मावि, गोकुण्डेश्वर बालमन्दिर, हिले, भाषा, त्रिवेणी मावि, ...
काष्ठमण्डप पुनःनिर्माणको काम हुँदै

काष्ठमण्डप पुनःनिर्माणको काम हुँदै

काठमाडौँ, ११ माघ । काष्ठमण्डप पुनःनिर्माणको काम सन्तोषजनकरुपमा अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताउनुभयो । अध्यक्ष शाक्यले भन्नुभयो, “निर्माणका लागि अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको ...
तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, ११ माघ ।  जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो । मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइलालगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ ।...
नाबालक वृद्ध हजुरआमाको अभिभावक

नाबालक वृद्ध हजुरआमाको अभिभावक

जाजरकोट, ११ माघ । आमा, बुबाको मृत्युपछि यहाँको बारेकोट गाउँपालिका–९ सक्ला खारीगाउँका दुई नाबालक ७५ वर्षीय वृद्ध हजुरआमा सरिता खड्काको अभिभावक बनेका छन् । अभिभावकको मृत्यु भएपछि उनीहरू दृष्टिविहीन हजुरआमाको सहारा बनेका हुन् । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका बारेकोट–९ खारीगाउँका १२ वर्षीय कमल खड्का र आठ वर्षीय हरिश खड्का दाजुभाइ हजुरआमाको अभिभावक भएका हुन्  । उनीहरू टुहुरा हुन् । कमल ६ कक्षा ...
प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने

प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने

काठमाडौँ, ११ माघ । यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुन...
पाल्पाका ३० वडा सचिवविहीन

पाल्पाका ३० वडा सचिवविहीन

बेझाड, ११ माघ । पाल्पाका ३० वडा सचिवविहीन बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १० स्थानीय तहमा ८१ वडा छन् । तीस वडामा बसेर काम गर्ने वडा सचिव नहुँदा कामकाजमा समस्या परेको सम्बन्धित स्थानीय तहका प्रमुखहरू बताउँछन् । वडा सचिवविहीन बनेका केहीमा सामाजिक परिचालक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ । रामपुर नगरपालिकाको १० मध्ये हाल छ वडामा मात्र वडा स...
मापदण्ड विपरितका क्रसर उद्योग सञ्चालनमा रोक

मापदण्ड विपरितका क्रसर उद्योग सञ्चालनमा रोक

रत्ननगर, ११ माघ । मापदण्डविपरीत सञ्चालित चितवनका चार क्रसर उद्योगलाई भरतपुर महानगरपालिकाले सञ्चालनमा रोक लगाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र भरतपुर महानगरको राजश्व विभागको संयुक्त टोलीले त्रिशूली किनारका तीन र भरतपुर–२१ कोे एउटा क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाएको हो । बन्द भएका उद्योगमा मकवानपुर इञ्जिनीयरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्रालिले भरतपुर महानगरप...
ठूला उद्योगलाई बिशेष सेवा

ठूला उद्योगलाई बिशेष सेवा

हेटौँडा ११ माघ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर बिशेष सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले जनाएको छ । उक्त कार्यलयले उद्योगहरूको रिमोट मिटर रिडिङ गर्ने गरेको र रिमोट मिटर रिडिङका लागि आवश्यक तयारी पूरा गरेर बिल भुक्तानीसमेत शुरु गरेको बताइएको छ । सिम कार्डको आधारमा सिम कार्डलाई नेटसँग जोडेर रिमोट मिटर रिड...
चिकित्सा विधेयक फिर्ता हुँदैन: सञ्चारमन्त्री बाँस्कोटा

चिकित्सा विधेयक फिर्ता हुँदैन: सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, १० माघ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताउनुभएको छ । सो विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सदनमा अवरोध कायम रहेको स्थितिमा सरकारले विधेयकलाई अघि बढाउने स्पष्ट गरेको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्...
साहसिक तीर्थयात्राका लागि पानीमुनि मन्दिर

साहसिक तीर्थयात्राका लागि पानीमुनि मन्दिर

एजेन्सी ।  सफा समुद्री तट, रंगिबिरंगी संस्कृति र चारैतिर फैलिएको हरियाली दृश्यले सुन्दर बाली इन्डोनेशियाको एउटा सानो टापु हो । यस स्थानमा होटलदेखि रेस्टुरेन्ट, स्पा, एड्भेन्चर सबैकुरा सुलभ बजेटमा पाइन्छ । यसबाहेक बाली विश्वभरी एउटा विशेष कुराले प्रख्यात छ त्यो हो त्यहाँको समुद्रभित्र रहेको मन्दिर । बालीमा धेरै मन्दिरहरु छन् तर बालीको यो समुद्रभित्रको मन्दिर निकै विशेष छ । त्यहाँको पेमुतेरान तटम...
यहाँ पुरुषले गर्नैपर्छ दोस्रो विवाह

यहाँ पुरुषले गर्नैपर्छ दोस्रो विवाह

हुन त राजा–महाराजाको जमानामा प्रत्येक राजाका दुई वा तीन रानी हुने गर्दथे । त्यतिबेला सबै राजा आफ्नो मर्जी अनुसार विवाह गर्दथे । सर्वसाधारणले पनि यदि दुईवटा विवाह गर्छन् भने आफ्नै मर्जीले गर्छन् तर अचम्मको कुरा के छ भने एउटा देश यस्तो पनि छ जहाँ पुरुष दुईवटा विवाहका लागि बाध्य छन् वा उनीहरुलाई यसका लागि बाध्य बनाइन्छ । अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि कुनै...
दशगजा क्षेत्रमा बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का

दशगजा क्षेत्रमा बनाउन थालेका डिललाई नेपाली पक्षबाट रोक्का

कञ्चनपुर, १० माघ ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले बिना सहमति डोजरको प्रयोग गरी डिल बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ । स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नं १७१ र ७७३ नजीकको क्षेत्रमा भारतले डिल र नाली निर्माण गर्न थालेको हो । दुवै देशबीच दशगजा क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउन नपाइने नियम छ । भारतीय पक्षले ब...
इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु

इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु

माकासार, इन्डोनेसिया, १० माघ । इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा भीषण रुपमा परेको पानी र हावाहुरीपछि ...
error: Content is protected !!