तेह्रथुम । रोजगारका लागि धेरै संख्यामा नेपाली युवा बिदेसिएका छन् । कामको खोजीमा भारतबाट भने हजारभन्दा बढीको संख्यामा कामदार जिल्ला भित्रिएका छन् ।

Advertisement

निर्माणाधीन सडक, जलविद्युत, सरकारी भवन, व्यक्तिगत घर, पुललगायतका क्षेत्रमा कामका लागि भारतीय मजदुर भित्रिएका हुन् । भारतको हिमाञ्चल, उत्तरप्रदेश र बिहारदेखिका कामदार विकासे आयोजनामा आएका छन् । अधिकांश कामदार ठेकेदारमार्फत आएको भारत मोतीहारी डुमरी गाउँका सुनम सहनीले बताए ।

डुमरी गाउँका ५ सय बढी कामदार एकै साथ यहाँका सडक आयोजनामा काम गर्न आएको कामदार सत्यदेव सहनीले जानकारी दिए । भारत उत्तरप्रदेश महाराजगन्ज जिल्ला बागापारका २ सय ५० बढी काामदार पनि तेह्रथुममै छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!