
इलाम, १० चैत । इलाम नगरपालिका–८ गरिमा टोलमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने देवी न्यौपानेको १३ वर्षीया छोरी एलिसा न्यौपाने रहेकी छन् ।
सोही ठाउँको भित्रि कच्ची सडकमा जेसीवीले बाटो खन्ने क्रममा सोतर (पात पतिङ्गर) बटुलिरहेकी न्यौपानेलाई अचानक माथिबाट ढुङगाले टाउकोमा लागेर घटना स्थलमै मृत्यु भएको हो ।
जेसीवीका चालक भने सोही समयदेखिनै फरार रहेको छन् । तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली घटना स्थलमा पुगेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।















