मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु

मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु

काठमाडौं । मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । मृतक नेपालीमा रामु चौधरी र जागरनाथ सिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न सकेको छैन । यसबारे थप विवरण आउन बाँकी रहेको छ।
अख्तियारको टोलीद्वारा फाइल नियन्त्रणमा

अख्तियारको टोलीद्वारा फाइल नियन्त्रणमा

नवलपरासी, २५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र ...
दिसामा पाइने जीवाणु पिउने पानीमा भेटियो, पानी उद्योगविरूद्ध मुद्दा दर्ता

दिसामा पाइने जीवाणु पिउने पानीमा भेटियो, पानी उद्योगविरूद्ध मुद्दा दर्ता

काठमाडौँ, २५ चैत । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा...
तमोर नदीमा र्‍याफ्टिङ दुर्घटना हुँदा एकको मृत्यु

तमोर नदीमा र्‍याफ्टिङ दुर्घटना हुँदा एकको मृत्यु

धनकुटा, २४ चैत । धनकुटाको सहिदभूमी गाउँपालिका–१ सफाईधाप स्थित तमोर नदीमा आईतबार अपरान्ह र्‍याफ्टिङ वोट दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनकुटाको मुलघाटबाट सुनसरीको चतरा जाँदै गरेको र्‍याफ्टिङ अपरान्ह करिव ३ बजे नदीमा पल्टिँदा उदयपुरको त्रियुगा नगरपालिका–६ का ५४ बर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो । र्‍याफ्टिङ वोट पल्टिँदा नदीमा डुबेर गुरुङ गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि ध...
धनकुटामा कुटपिट गरेर साथीको हत्या

धनकुटामा कुटपिट गरेर साथीको हत्या

धनकुृटा, २४ चैत । धनकुटा नगरपालिका–२ भीरगाउँमा एक युवकको हत्या भएको छ । भीरगाउँका २७ वर्षीय मानबहादुर दर्लामीको शनिवार साँझ हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले स्थानीय १९ बर्षीय रवि दर्लामी मगर र २५ बर्षीय छवी राना मगरलाई नियन्त्रणमा लिएको छ । कुटपिट गरेर मानबहादुरको हत्या गरेको उनीहरुले स्वीकार गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । उन...
कर्णाली राजमार्गमा अलपत्र यात्रु भन्छन्- पानीसमेत पिउन पाइएन

कर्णाली राजमार्गमा अलपत्र यात्रु भन्छन्- पानीसमेत पिउन पाइएन

सुर्खेत २४ चैत । बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएका छन् । शनिबार बेलुका भारी असिना वर्षाले बाढी र पहिरो आएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकामा पर्ने दहीखोलामा पहिरो खसेको छ । पहिरो पन्छाउन ढिलाइ हुँदा दुई दिनदेखि यात्रु समस्यामा परेका छन् । दैलेखबाट गएको डोजरले शनिबार दहीखोलाको पहिरो हटाउन नसकेपछि यात्रुहरु अलपत्र परेका हुन् । कतिपय यात्रु...
उच्च तहका सरकारी कर्मचारीलाई अवकाशलगत्तै एनजीओमा जान रोक

उच्च तहका सरकारी कर्मचारीलाई अवकाशलगत्तै एनजीओमा जान रोक

काठमाडौँ, २४ चैत । उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिर जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा हाल दफाबारे छलफलका लागि राज्य व्यवस्था समितिमा गएको छ । सो कानुनको मस्यौदामा सहसचिव र सचिवलाई अवकाश लिनेवित्तिकै एनजिओ, आइएनजिओ, कन्सल्टेन्सी, विकासका योजना तथा संवैधानिक ...
आइपीएल : बैंग्लोर ५ विकेटले पराजित

आइपीएल : बैंग्लोर ५ विकेटले पराजित

काठमाडौं । आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङमा १२ औं संस्करणको इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ । शुक्रबार राति बैंग्लोरको घरेलु मैदानमा टस जितेर फिलेडिङ रोजेको कोलकताले रोयल च्यालेन्जर्स बैंग्लरलाई ५ विकेटले पराजित गरेको हो । कप्तान बिराट कोहली र एबी डी भिलियर्सको अर्धशतकमा बैंग्लोरले कोलकत्तालाई २ सय ६ रनको लक्ष्य दिएको थियो । कोलकताले १९ ओभर १ बलमा ५ ...
नाकबाट रगत बग्ने समस्या छ ? यस्ता छन् समाधानका उपायहरु

नाकबाट रगत बग्ने समस्या छ ? यस्ता छन् समाधानका उपायहरु

एजेन्सी । रगतमा हुनुपर्ने प्लेटलेटको कमी हँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ । त्यस्तै, रक्तजन्य रोगहरू हुँदा, होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ । मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ । रोकथाम नाकबाट रगत बहँदा तुरुन्तै गर्न सकिने उपचार भनेको बुढीऔँला र अर्को औँलाले बेस्सरी नाकलाई च...
अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर  बन्द हुनेछ !

अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर बन्द हुनेछ !

काठमाडौं/एजेन्सी । अप्रिल ३० बाट केही स्मार्टफोनहरुमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर लगाएतका सोसल साइटको सपोर्ट बन्द गरिने बताइएको छ । माइक्रोसफ्टले विन्डोज फोन  को लागि फेसबुक बन्द गर्ने तयारी गरिरहेको छ । यदि तपाईसँग पनि विन्डोज फोन  छ भने सोसल मिडियाको सपोर्ट पाउनुहुनेछैन । तर विन्डोज फोन युजर्सहरुले सोसल मिडियाको एक्सेस पाउनका लागि थर्ड पार्टी एप या वेबको साहारा लिनुपर्नेछ । अहिले आएर वि...
सुनसरीको कोशी गाउँपालिकामा आगलागीबाट ९ घर जलेर नष्ट

सुनसरीको कोशी गाउँपालिकामा आगलागीबाट ९ घर जलेर नष्ट

इनरुवा । सुनसरीको कोशी गाउँपालिकास्थित जुद्धगञ्जमा भएको आगलागीमा ९ घर जलेको छ । लागलागीका कारण २३ लाख ४१ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रुख काट्ने क्रममा बिजुलीको तार सर्ट भई आगो सल्केको बताइएको छ । रहमान मन्सुरीको घरमा लागेको आगो हावाहुरीका कारण फैलिंदा अन्य ८ परिवारको घर समेत जलेको छ । आगलागीका कारण ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक...
दक्षिण कोरियाका ५ वटा शहरमा भीषण डढेलो

दक्षिण कोरियाका ५ वटा शहरमा भीषण डढेलो

सोल । दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो । यस प्रकोपको...
भिडियो गेम खेलेरै वार्षिक सवा २ करोड कमाउँछन् यी १४ वर्षे बालक

भिडियो गेम खेलेरै वार्षिक सवा २ करोड कमाउँछन् यी १४ वर्षे बालक

एजेन्सी । आजकलका बालबालिकाहरु भिडियो गेम खेल्न निकै मन पराउँदछन् । कतिपय बालबालिकामा भिडियो गेमको लतले अभिभावकहरु वाक्क दिक्क बन्छन् । तर अमेरिकामा एकजना १४ वर्षका बालकको भिडियो गेम खेल्ने लतले उनका बाउआमालाई मालामाल बनाइदिएको छ । ती बालकले धेरै भिडियो गेम खेल्दा उनका बाउआमाले गाली होइन स्याबासी दिन्छन् । नदेउन् पनि किन ? उनले भिडियो गेम खेलेरै एक वर्षमा झण्डै सवा २ करोड रुपैयाँ बराबरको रकम कमा...
गोप्य रुपमा आलिया भट्ट र रणबिर कपूरले गरे इन्गेजमेन्ट ?

गोप्य रुपमा आलिया भट्ट र रणबिर कपूरले गरे इन्गेजमेन्ट ?

एजेन्सी । बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला चर्चामा छ । साथै आलिया र रणबिरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ । रणबिर कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चा यतिबेला भइरहेको छ । रणबिर कपूरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए । भारतीय स...
डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

डोल्पा, २२  चैत । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका–९ का विद्यालयका करीब एक हजार १०० बालबालिका शैक्षिक सत्र शुरु भएको दुई महीना वितिसक्दा पनि पाठ्यपुस्तकबिना नै अध्ययन गर्न बाध्य भएका हुन् । महादेव आधारभूत विद्यालय व्यवस्थापन समितिका अनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरीद गरेर ढुवा...
प्रदेश सरकारले हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने

प्रदेश सरकारले हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने

विराटनगर, २२ चैत । बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले रु एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश नं–१ मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको ...
‘एभेन्जर्सः एन्ड गेम’ को टिकट मूल्य ५० हजार रूपैयाँ !

‘एभेन्जर्सः एन्ड गेम’ को टिकट मूल्य ५० हजार रूपैयाँ !

हलिउड फिल्म 'एभेन्जर्स' का तीन वटा श्रृंखलाले दर्शकलाई भरपुर मनोरञ्जन दियो। मार्भल स्टुडियोजले श्रृखंलावद्ध बनाएका यी फिल्म संसारमै धेरै कमाउने फिल्मको सूचीमा परे। अब भने यो श्रृंखलाको अन्तिम भाग रिलिज हुँदैछ। 'एभेन्जर्सः एन्ड गेम' अप्रिल २४ मा जर्मनीमा रिलिज हुँदै छ भने अरू देशमा अप्रिल २६ मा हुनेछ। फिल्म रिलिज हुन तीन साता बाँकी भए पनि दर्शकमा 'एभेन्जर्स क्रेज' लागिसकेको छ। फ्यान तथा दर्शक य...
राहत वितरणमा एकद्वार प्रणाली लागू

राहत वितरणमा एकद्वार प्रणाली लागू

वीरगञ्ज, २२ चैत । हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजे...
घोडासम्बन्धी केही तथ्य

घोडासम्बन्धी केही तथ्य

मानिसपछि घोडा मात्र यस्तो जनावर हो, जसको शरीरबाट पसिना आउँछ ।  घोडामात्र यस्तो जनावर हो, जसको मानिसको जस्तै केस हुन्छ ।  घोडाले नाकबाट मात्र श्वास फेर्छ । श्वास फेर्दा घोडाले हामीलेजस्तो वा अन्य जनावरलेजस्तो मुख प्रयोग गर्दैन ।  घोडा नरोकिई लगातार आठ घण्टासम्म दौडन सक्छ ।  धेरै मानिसले घोडालाई बसेको अवस्थामा नदेखेका हुन सक्छन् । यसका पछाडि पनि वैज्ञानिक कारण छ । घोडाले उभिदाभन्दा...
‘टिएमजे’मा अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव आजबाट

‘टिएमजे’मा अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव आजबाट

तेह्रथुम । ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगम स्थल तीनजुरे मिल्के जललजले (टिएमजे) क्षेत्रमा आजबाट अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सव सुरु भएको छ । महोत्सवमा १ सय २ भन्दा बढी मुलुकका विदेशी पर्यटकहरु जम्मा हुने भएका छन् । बिहीबार (आज)बाट आरम्भ हुने अन्तर्राष्ट्रिय स्तरको संगीत महोत्सवले नेपालमै पिहलो पटक यतिका सम्म धेरै मुलुकका पर्यटक एकै स्थानमा भेला गराउन लागेको हो ।। टिएमजे क्षेत्र खास...
चितवनमा एकै परिवारका तीन जनाले गरे आत्महत्या

चितवनमा एकै परिवारका तीन जनाले गरे आत्महत्या

भरतपुर, २२ चैत । चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनल...
झापामा फोहर फाल्नेलाई फोहर ‘उपहार’

झापामा फोहर फाल्नेलाई फोहर ‘उपहार’

बनियानी, २२ चैत । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो । प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानम...
सरकारले बर्खाअघि नै घर बनाइदिने

सरकारले बर्खाअघि नै घर बनाइदिने

काठमाडौं । भुमरीयुक्त हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खाअघि नै घर बनाइसक्ने निर्णय गरेको हो । ‘भत्किएका सबै घर बर्खाअघि नै बनाइसकिनेछ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘तदारुकतासाथ निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।’ उनका अनुसार सबै घर जनता आवासका ढाँचाका हुनेछन् । निर्माण कार्यको ...
भक्तपुरमा झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ

भक्तपुरमा झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ

भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीय बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोख...
देशैभरी शुक्रबार र शनिबार बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

देशैभरी शुक्रबार र शनिबार बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुनेछ । देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका केही भाग मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।...
सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने

काठमाडौं । सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो। नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ। समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर...
बलात्कारीलाई जन्मकैद हुने

बलात्कारीलाई जन्मकैद हुने

काठमाडौँ । १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संसोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको हो । यसअघि यो कसुरमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको थियो । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेर पुगेका महि...
आईपीएल : सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित

आईपीएल : सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको बिहीबारको खेलमा समेत नेपाली बलर सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित भएको छ। टस हारेर ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई आठ विकेटको क्षतिमा १३० रनको चुनौती दिएको थियो। यो चुनौती हैदरवादले नौ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टाएको हो। आईपीएल १२ संस्करणमा हैदरावालको यो तेस्रो जित हो। आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछ...
खुत्रुकेको पैसा,खेलौना र एउटा केरा बोकेर विश्वभ्रमण गर्न निस्किएका बालक

खुत्रुकेको पैसा,खेलौना र एउटा केरा बोकेर विश्वभ्रमण गर्न निस्किएका बालक

दक्षिणी रुसको यास्ट्राखान सहरका एक बालक "विश्वभ्रमणमा निस्किएपछि" अहिले सामाजिक सञ्जालमा चर्चित भएका छन्। आफू विश्वभ्रमण गर्न हिँडेको भन्दै ती बालकले घरमा एउटा टिपोट लेखेर छोडेका थिए। त्यो भेटेपछि उनकी आमा प्रहरीलाई गुहार्न पुगेकी थिइन्। केही घण्टामै एउटा टोलीले ती बालकलाई बाटोमा भेट्यो। रुसको गृह मन्त्रालयले आफ्नो वेबसाइटमा ती बालकसँग इन्साइक्लोपेडियाहरू (विश्वकोषहरू), एउटा खेलौना, एउटा केरा ...
फिफा वरियतामा नेपाल यथावत्

फिफा वरियतामा नेपाल यथावत्

काठमाडौँ, २१ चैत । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा छन् । नेपाल भन्दा तल रहेको भूटान १८६औँ, बङ्गलादेश १८८औँ, पाक...
एसईईमा प्रश्नपत्र आउट गरेको आरोपमा ६ जना पक्राउ

एसईईमा प्रश्नपत्र आउट गरेको आरोपमा ६ जना पक्राउ

सप्तरी । एसईई परीक्षाको दुई विषयका प्रश्नपत्र परीक्षा हुनुअगावै सार्वजनिक गरेको आरोपमा एक शिक्षकसहित ६ जना पक्राउ परेका छन् । उनीहरुमाथि पक्राउपछि कारबाही सुरु भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो । स्थानीय प्रहरीको सहयोगमा सीआएईवीले गरेको अनुसन्धानमा राजविरा...
error: Content is protected !!