धनकुटामा शिक्षक संघको स्थापना दिवस मनाईयो
धनकुटा। नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको २८ औं स्थापना दिवसको अवसरमा शुक्रवार धनकुटामा शुभकामना आदान–प्रदान गरिएको छ । नेपाल शिक्षक संघ धनकुटाले आयोजना गरेको कार्यक्रममा लोकतन्त्रवादी शिक्षकहरु परिवर्तनको सम्वाहक भएकाले अव परिवर्तनलाई संस्थागत गर्न पनि क्रियाशिल हुनुपर्नेमा सहभागिहरुले जोड दिएका छन ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, सदस्यहरु...
