- संगालोखबर सम्वाददाता

भोजपुर। भोजपुर नगरपालिका–१ हेलौछामा माओवादी केन्द्रका कार्यकर्ताले एमाले निकट अखिल नेपाल महिला संघ नगर कमिटिका सचिव शारदा तामाङमाथि गोली प्रहार गरेका छन । हिजो साँझ माओवादी केन्द्रका कार्यकर्ता ३८ बर्षीय एकिन्द्र भुजेलले आफुमाथी गोली प्रहार गरेको अनेमा संघ सचिव तामाङले जानकारी दिईन् ।

तामाङको शरिरका बिभिन्न भागमा बन्दुकको छर्राले लागेको छ । भरुवा बन्दुकले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेका थिए । तामाङ लडेपछि गोली शरिर छेउबाट गएकाले उनी बचेको प्रत्यक्षदर्शीले बताएका छन । एमाले कार्यकर्ता तामाङ र माओवादी कार्यकर्ता भुजेल वीच राजनीतिक बिषयमा यसअघि पनि विवाद रहदै आएको बताईएको छ । गोली प्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

Advertisement
गोली प्रहार गरिएकी अनेमा संघ सचिव तामाङ ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए ।कार्यकर्तामाथि गोली प्रहार भएको घटनाप्रति एमालेले भत्र्सना गरेको छ । एमालेका सचिव शरणकुमार राईले पार्टी कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार गरी हत्या प्रयास भएको भन्दै दोषीलाई कडा कारवाहीको माग गरेका छन ।

एमाले सम्बद्ध भातृसंगठनहरुपनि तामाङ माथि भएको गोली प्रहार घटनाको भत्र्सना गर्दै गोली हान्नेलाई कारबाहीको माग गरेका छन । नजिकिदै गएको निर्वाचनलाई भाड्न नियोजित रुपमा घटना गराईएको एमालेको ठहर छ । नजिकिदै गएको स्थानीय तह निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था मजवुत बनाउँन एमालेले प्रशासन समक्ष माग गरेका छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!