- संगालोखबर सम्वाददाता

धनकुटा। नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको २८ औं स्थापना दिवसको अवसरमा शुक्रवार धनकुटामा शुभकामना आदान–प्रदान गरिएको छ । नेपाल शिक्षक संघ धनकुटाले आयोजना गरेको कार्यक्रममा लोकतन्त्रवादी शिक्षकहरु परिवर्तनको सम्वाहक भएकाले अव परिवर्तनलाई संस्थागत गर्न पनि क्रियाशिल हुनुपर्नेमा सहभागिहरुले जोड दिएका छन ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेसका सभापति अग्नी प्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, सदस्यहरु निर्मल ओझा, रविन्द्र नेपाली, इन्दिरा पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष हरी तिम्सिना, किसान संघका अध्यक्ष इन्द्र ढुंगेल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष इश्वरीप्रसाद अधिकारी, पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, महिला संघका उपाध्यक्ष अम्विका धमला लगायतले पेशागत हकहितको संरक्षण र समद्धन गर्दै लोकतन्त्रलाई संस्थागत गर्न लोकतन्त्रवादी शिक्षकहरु क्रियाशिल हुनु पर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु, उपाध्यक्ष टिका श्रेष्ठ, महिला उपाध्यक्ष दिल कुमारी राई, अर्थ सचिव रोहिणी पाण्डे, अर्थ सह–सचिव विमला सन्तोषी राई, शिक्षक संघका नेताहरु लक्ष्मी सापकोटा, हरी दाहाल, प्रेम तुम्वाहाङ्ग, अक्कल राई, कुल प्रसाद दाहाल, एशु सापकोटा, शेरजंग बुढाथोकी लगायतले पनि स्थापना दिवसको शुभकामना आदान–प्रदान गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!