- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको काबेली विकास बैंकसँग तेह्रथुमको बसन्तपुरमा रहेको माउण्ट मकालु डेभलपमेण्ट बैंक गाभिने भएको छ । दुवै बैंकका प्रमुखले शुक्रवार धनकुटामा सञ्चारकर्मीहरुसमक्ष बैंक गाभ्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।

पत्रकार महासंघमा आयोजित कार्यक्रममा काबेली बैंकका अध्यक्ष गोपाल प्रसाद काफ्ले र माउण्ट मकालुका अध्यक्ष हरिकृष्ण निरौलाले समझदारी पत्रमा हस्ताक्षर गरी बैंक गाभिने प्रकृयामा गएको घोषणा गरेका हुन । अव साउन १ गतेबाट माउण्ट मकालु बैंक हटेर काबेली बिकास बैंकले कारोवार सुरु गर्नेछ ।

Advertisement

उनका अनुसार विकास बैंकहरुलाई असार मसान्तसम्म अनिवार्य रुपमा ५० करोड चुक्ता पुँजी पुर्याउँन राष्ट्र बैंकले निर्देशन गरेपछि एउटै बैंकबाट सम्भव नभएकाले दुई वैंक गाभ्नु परेको हो ।

काबेली बैंकको १५ करोड ९९ हजार र माउण्ट मकालुको ११ करोड २७ लाख ४० हजार गरी २६ करोड २८ लाख ३९ हजार २ सय चुक्ता पुँजी छ । त्यसमा थप गरी असारमसान्त भित्रै ५० करोड चुक्ता पुँजी पुर्याईने कावेली बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!