सशस्त्र प्रहरीको तलब रोक्का, यस्तो छ कारण
काठमाडौं । दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को व्यवसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेग्मीले ‘अस्वभाविक’ अडान राख्दा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ ।
३६ हजार फौज रहेको संगठनको जवान तथा जुनियर अधिकृतहरु यतिबेला तराईमा बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।
सशस्त्रको साधारण समूह (इन्फेन्ट्री) का डीएसपीद्वय दीपेन्द्र कुँबर र पूर्णबहादुर साउदलाई सचिव रेग्...




















