संगालोखबर संवाददाता

क्यानाडा । बाढी र पहिरोले देश नै आक्रन्त बनिरहेको बेला एनआरएन क्यानाडाले क्यानाडाबासी नेपाली समुदायलाई राहत संकलनमा सहयोग पुर्‍याउन अपिल गरेको छ ।

Advertisement

एनआरएन क्यानाडाका नवनिर्वाचित अध्यक्ष गोपी काफ्ले र महासचिव चिरन घिमिरेले संयुक्त विज्ञप्ती जारी गर्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

एनआरएन मार्फत बाढी पीडितलाई सहयोग गर्न चाहनेले संस्थाको वेभसाइट मार्फत अनलाइन इमेरजेन्सी फन्डमा रकम जम्मा गराउन सक्नेछन् ।

बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या १२० नाघेको छ भने अरबौको भौतिक क्षती भईसकेको गृह मन्त्रालयले जनाएको छ ।

देशको यो असहज परिस्थितीमा उद्दारका लागि खटिन सरकारले आफ्ना सबै निकाय निर्देशन गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement