
तिम्रो घर तिमी वनाउ
मेरो घर म आफै बनाउँला नि ।
तिम्रो घर वरपर तारजाली तिमी लगाउ
मेरो घर वरपर म आफै लगाउँला नि ।
तिम्रो संसार तिमी वसाउ
मेरो संसार म आफै बसाउँला नि ।
तिमी खुसी वन अनि
म पनि त वनुँला नि ।
तिमी खुसी छु म भनि भन अनि
म पनि त भनुँला नि ।
तिम्रो मायाँ अजम्वरी वनाउ अनि
म पनि त वनाउँला नि ।
तिमी आफु रम्न सिक
अनि म पनि त रमुँला नि ।
तिमी आफु हाँस्न सिक अनि
म पनि त हाँसुला नि ।