काठमाडौँ।  नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ ।

Advertisement

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

न्यूयोर्कस्थित नेपाली नियोगमा आज दुवै देशका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरी महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दिनुभएको नेपाली नियोगले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!