
काठमाडौं । श्रमिकको न्यूनतम तलब १९ हजार पाँच सय ५० रुपैयाँ पुगेको छ । यो पहिलेको भन्दा दुई हजार दुई सय ५० रुपैयाँले बढी हो ।
सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार पाँच सय ५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो ।
यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ तोकिएको थियो । नयाँ पारिश्रमिक साउन १ गतेदेखि नै लागू भएको छ ।
चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेर पछि निर्धारण हुने जनाइएको छ ।

संगालोखबर 













