लेगुवाको राम बजारमा कुटपिटबाट घाईते
धनकुटा, १६ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा कुटपिटबाट एक युवा घाईते भएका छन । राम बजारमा आईतबार साँझ कुटपिट हुँदा स्थानीय २५ बर्षीय समिर पाण्डे घाईते भएका हुन ।
कुटपिटबाट घाईते पाण्डेलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।
पाण्डेलाई स्थानीय २७ बर्षीय किरण कुँवर र महालक्ष्मी–३ चानुवाका २२ बर्षीय मिलन खड्काले कुटपिट गरेको लेगुवा प्रहरी चौकीका...



















