सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ । आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । बिहिबार प्रति तोला ५३ हजार ६ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५३ हजार ५ सयमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।
छड्के निरीक्षणमा पुगेका गृहमन्त्रीले  के भेटे विमानस्थलमा ?

छड्के निरीक्षणमा पुगेका गृहमन्त्रीले के भेटे विमानस्थलमा ?

काठमाडौं ।  गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरीक्षण गरेका छन् । बिहीबार साँझ अकस्मात विमानस्थल  पुगेका गृहमन्त्री  शर्माले गृह प्रशासन मातहतका ईकाईहरुको काम कारवाहीबारे निरीक्षण गरेको हो ।  उनी सिँहदरबारबाट सुरक्षा निकायलाई कुनै खवरै नगरी अकस्मात विमानस्थलको गतिविधि निरिक्षणका लागि निस्केका  थिए । अध्यागमन विभागका विभिन्न इकाईहरुको काम कारवाही त...
भरतपुरको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सिन्हाको इजलासमा

भरतपुरको मुद्दा न्यायाधीशद्वय ढुंगाना र सिन्हाको इजलासमा

काठमाडौं। भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा शुक्रबार पेसी तोकिएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार सो मुद्दा आज न्यायाधीशद्वय मिरा ढुंगाना र अनिल सिन्हाको इजलासमा सुनुवाइ हुने छ। यसअघि कायममुकाय प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले यो मुद्दा हेर्दै आएको थियो। आज सुनुवाइ सुरु भए यो मुद्दाका दुबै पक्षको ब...
इनरुवामा करेन्ट लागेर महिलाको मृत्यु

इनरुवामा करेन्ट लागेर महिलाको मृत्यु

इनरुवा। सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा करेन्ट लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५४ वर्षीया सीता उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उहाँको घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।
सर्पले टोकेर एक बालकको मृत्यु

सर्पले टोकेर एक बालकको मृत्यु

कपिलवस्तु। वर्षा सुरु भएसँगै तारई मधेसमा सर्पको विगविगि हुन थालेको छ । बिषालु सर्पको टोकाईवाट कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक बालकको मृत्यु भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालीका शिद्धारा स्थायी घर भई हाल चन्द्रौटामा वस्दै आएका अन्नत सापकोटाका ८ वर्षीय छोरा शिशिरको सर्पको टोकाइबाट ज्यान गएको हो । गएराती १० वजे विस्तारामा सुतिरहेको अवस्थामा बालकलाई सर्पले डसेको हो । सर्पको टोकाईवाट...
मेलमिलाप आयोगद्वारा उजुरी छानबिन शुरू‍

मेलमिलाप आयोगद्वारा उजुरी छानबिन शुरू‍

दाङ। सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन शुरू‍ गरेको छ । आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन शुरू‍ गरेको बताए । प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा  एक हजार पाँचवटा प्राप्त गरेको बताए ।  घोराहीमा आयोजना गरिएको रोकारवालासँगको छलफल कार्यक्रममा उनले  यस्तो जानकारी दिएका हुन् । अहिले परेका उजुर...
सानोसिरुवारी गाउँमा दुई करोड लागतको खानेपानी योजना

सानोसिरुवारी गाउँमा दुई करोड लागतको खानेपानी योजना

चौतारा ।  खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । आसपास खानेपानीको मूलको अभाव तथा भएका मूल पनि भूकम्पबाट सुकेपछि गाउँदेखि डेढ किमी तल रहेको मजुवा खोलाबाट लिफ्टिङद्वारा पानी तानेर खानेपानी योजना सञ्चालन गरिन लागेको हो । साबिक सेलाङ गाविस हाल जुगल गाउँपालिकामा पर्ने थालखर्क मुह...
नागढुङ्गामा पुरुष मृत फेला

नागढुङ्गामा पुरुष मृत फेला

पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन् । सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन÷चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आफू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ । उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएको छ ...
बैतडीमा  बस दुर्घटना : पाँचजना घाइते

बैतडीमा बस दुर्घटना : पाँचजना घाइते

बैतडी । काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय ...
रूखको हाँगाले च्यापिएर महिलाको मृत्यु

रूखको हाँगाले च्यापिएर महिलाको मृत्यु

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ की एक महिलाको बिहीबार रूखको हाँगाले च्यापिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीया सिरमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । धारामा पानी लिनजाने क्रममा कटुसको रूखको हाँगा भाँचिएर च्याप्दा ती महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
२०७४ असार २३ गते शुक्रबारको राशिफल

२०७४ असार २३ गते शुक्रबारको राशिफल

मेष– काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । वृष– आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । मिथुन– घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । कर्कट– सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । सिंह– आहारविहारमा विशेष...
मोरङको  रंगेली नगरपालिकामा माअाेवादी विजयी

मोरङको रंगेली नगरपालिकामा माअाेवादी विजयी

माेरङ।  माेरङको रंगेली नगरपालिका मेयरमा माअाेवादीका उम्मेदवार  दिलिपकुमार अग्रवालले जित हासिल गरेका छन् । अग्रवालले १८८२ मतान्तरले प्रतिद्वन्द्वी  का‌ंग्रेसका उम्मेदवार  मोदराज घिमिरेलाई  हराएका हुन् । अग्रवालले ८०६८ मत प्राप्त गरेका छन् भने का‌ंग्रेसका उम्मेदवार घिमिरेले ६१८६ मत पाएका छन् । त्यसैगरी, उपमेयरमा पनि माअाेवादी केन्द्रकी केशवकुमारी खरेलले बाजी मारेकी छन् । उनले  ५७२० मत पाएकी छन् ...
गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

इलाम।   इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनीतिक दलहरूको गठबन्धनले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । गाउँसभाको सदस्यका लागि अल्पसङ्ख्यक जातिलाई सूचीकृत गरेको ठाउँमा वडा नं १ का मुलुकसिंह राई र वडा नं ३ का रामप्रसाद राईलाई मनोनीत गरेर अध्यक्षले अधिकारको दुरुपयोग ...
सात वर्षीया बालिका बलात्कारको आरोपमा १४ वर्षका बालक पक्राउ

सात वर्षीया बालिका बलात्कारको आरोपमा १४ वर्षका बालक पक्राउ

  नुवाकोट । विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् । छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई नुवाकोट जिल्ला अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । एक साताअघि बालिकाको घरमा नै बालकले अनुचित कार्य गरेको अभिभावकले देखेपछि दिएको सूचनाको आधा...
बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा

बङ्गलादेशमा विपक्षी दलका कैयौँ व्यक्ति गैर कानुनी थुनामा राखिएको खुलासा

ढाका । बङ्गलादेशको सरकारले विपक्षी दलका कैयाँ कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखेको रहस्योद्घाटन भएको छ । बङ्गलादेशका सुरक्षा निकायहरुले ती विपक्षीलाई कारागारभन्दा अलग्गै गोप्य रुपमा थुनामा राखेको एक अनुसन्धानबाट पत्ता लागेको थियो ।  एक अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले उक्त गोप्य कुरा पत्ता लगाएको हो । उक्त समाचारअनुसार यहाँको सरकारले बिपक्षी दलका कार्यकर्तालाई उनीहरुले सरकारको विरोध...
फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्स। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टर स्केलको भूकम्प गएको हाे। अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ४१ किमी गहिराई रहेको भूकम्प गएको स्थान राजधानी मनिलाबाट ५८० किलोमिटर दक्षिण पश्चिमा पर्छ।
यति छ आज सुनको भाउ

यति छ आज सुनको भाउ

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य थपघट भएको छैन । आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो । सुनजस्तै आज चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि बजारमा चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्वास्थ्य बीमाप्रति आकर्षण बढ्यो

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्यो

पाल्पा। रम्भा गाउँपालिका–२ को फोक्सिङकोटमा स्वास्थ्य बीमा गराउनेको आकर्षण बढ्दो छ । केही समय अघिसम्म स्वास्थ्य बीमासम्बन्धी यहाँका बासिन्दाले त्यति चासो दिएका थिएनन् । गाउँकै मीनकुमारी पाँडे मगरले रू‍ ३९ हजार बराबरको औषधि उपचार निःशुल्क पाएपछि यहाँका स्थानीयवासी धमाधम स्वास्थ्य बीमा गराउन थालेका छन् । फोक्सिङकोटका ७० घरपरिवारका १४५ जनाले अहिले स्वास्थ्य बीमा गराइसकेका स्थानीय एवत सारुले बताए ।...
तुलसीपुर उपमहानगरमा एमाले विजयी

तुलसीपुर उपमहानगरमा एमाले विजयी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। निकटत्म प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै एमालेका उम्मेदवार घनश्याम पाण्डे मेयरमा र माया आचार्य उपमेयरमा निर्वाचित भएका हुन्। पाण्डेले निकटत्म प्रतिष्पर्धी कांग्रेसका उम्मेदवारभन्दा ३ हजार ९ सय ५४ अन्तरमा विजयी हासिल गरेका हुन्। उपमेयरमा आचार्यले भने ८ सय ५२ मतान्तरले विजय हासिल गरेका हुन्। पाण्डेल...
जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

लहान। सिरहाको लहान नगरपालिका–६ की एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बुधबार साँझ एक युवक पक्राउ परेका छन् । करिब ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको भगवानपुर गाउँपालिका–२ निवासी २० वर्षीय अरुण यादव पक्राउ परेका हुन् । पीडितको जाहेरीका आधारमा यादवलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाग्लुङमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ८ घाइते

बाग्लुङमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ८ घाइते

बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर–७ रेश जिरेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । प्रहरी नायब उपरिक्षक अनिल खड्काका अनुसार बिहान ध १ ज १८८ नम्बरको जीप दुर्घटना हुदाँ स्थानीय काठेखोला–७ का ८ बर्षीय बालक दिपक कार्की र सोहि ठाउँका २५ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो । १० यात्रु सवार जीप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको हो । घाईतेको अह...
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव सुवेदी

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव सुवेदी

काठमाडौं।  मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीवार बसेको बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । यसैगरी, बैठकले नेपाल सरकार र मित्रराष्ट्...
३७९ एम्पुल लागुऔषध सहित ३ पक्राउ

३७९ एम्पुल लागुऔषध सहित ३ पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी प्रभाग नागढुंगाले सार्वजनिक बसमा लुकाएर लागुऔषध ल्याउँदै गरेका सर्लाहीको लालबन्दी-७ का १७ वर्षे सोनु कापरलाई पक्राउ गरेकोहो । कापरको सहयोगमा कलंकीबाट थप २ जनालाई पक्राउ गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । पक्राउ पर्ने लालबन्दी-८ घर भएका २२ वर्षे सविन लामा र लालबन्द...
यूएन पार्क क्षेत्रलाई व्यवस्थित गरिने

यूएन पार्क क्षेत्रलाई व्यवस्थित गरिने

काठमाडौं । सहरी विकास मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ (यूएन) पार्क (थापाथलीदेखि टेकुसम्मको बाग्मती किनार) क्षेत्रलाई व्यवस्थित बनाउने भएको छ ।   मन्त्रालयका सचिव, संयुक्त राष्ट्रसङ्घ पार्क विकास समितिका पदाधिकारीको बुधवार सम्पन्न बैठकले पार्कको सम्पूर्ण जग्गालाई व्यवस्थित गर्ने र प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकमा सहरी विकासमन्त्री प्रभु शाहको उपस्थिति रहेको थियो । नेपाल सरकारद्वारा तो...
वैदेशिक रोजगारीमा ठगिनु भएको छ ? अब उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’

वैदेशिक रोजगारीमा ठगिनु भएको छ ? अब उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’

काठमाडौं। श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले उक्त सहायता कक्षको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले  वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग समन्वय गर्ने गरी  कक्षले काम गर्ने जानकारी दिए ।  उनले भने, ‘दिनहुँ वैदेशिक रोज...
मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन

मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन

काठमाडौं, २२ असार । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने बताएको छ । गत जेठ १५ मा शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भ...
इटहरीमा भएको दुर्घटनामा एकको मृत्यु

इटहरीमा भएको दुर्घटनामा एकको मृत्यु

इटहरी। इटहरी उपमहानगरपालिकाको मुख्य चोकदेखि एक किमी दक्षिणको धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरको ठक्करबाट इटहरी–२० का तरुण दलका युवा रोशन तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । इटहरीबाट विराटनगरतिर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आउँदै गरेको ट्रकले सडकमा पछारिन पुगेका युवक तामाङ किचिन पुगेका थिए । को ६ प ९९२ नंको मोटरसाइकलमा यात्रारत ...
उनान्साठी घन्टापछि धरानको मतगणना सुरु

उनान्साठी घन्टापछि धरानको मतगणना सुरु

इटहरी  । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ । बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ ।  प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका न...
परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति

परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति

नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ । कागजात तथा भौतिक संरचना गरी आगलागीबाट १० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ । मध्यरात १२ बजे बिजुली सर्ट भइ आगलागी लागेको प्रहरीले जनाएको छ । सदरमुकाम रामग्...
२०७४ असार २२ गते बिहिबारको राशिफल

२०७४ असार २२ गते बिहिबारको राशिफल

मेष– आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । मिथुन– आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । कर्कट– स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ...
एक ट्राफिक प्रहरीको जिम्मामा एक हजार सवारी साधन

एक ट्राफिक प्रहरीको जिम्मामा एक हजार सवारी साधन

काठमाडौँ । ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ । निर्धारित भन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, विदेशमा दर्ता भएका सवारी साधन अनुमति नलिइ चलाएको, बाटो इजाजत नलिएको, ट्राफिक सङ्केत इसारा उलङ्घन गरेकोे, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाएकामा कारबाही गर्न ट्राफिकलाई अधिकार दिइएको छ । यस्तै एकतर्फी...
error: Content is protected !!