भोजपुर, ९ असोज । मानव अधिकार र वहिराहरुको क्षेत्रमा काम गर्न भनि स्थापना भएका कार्यालय तथा सस्थाले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको भोजपुरमा आयोजित एक कार्यक्रमका सहभागीले वताएका छन् ।
१२ औं अन्तर्राष्ट्रिय बहिरा दिवसका अवसरमा वहिरा संघ भोजपुरले जिल्ला स्वास्थ्य कार्यालयमा आयोजना गरेको कार्यक्रममा सम्वन्धीत क्षेत्रमा काम गरिरहेका कार्यालय तथा संघ सस्थाका कोही पनि उपस्थित नभएपछि सहभागीले यस्तो वताएका हुन ।
समावेशिताको नारा लगाएर काम गर्छु भन्दै हिड्ने सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिलाई बोलाउदा पनि उपस्थीत नभएको भन्दै उनीहरुले आक्रोश पोखे ।
कार्यक्रममा महिला विकास कार्यालय लगायतलाई वोलाएको भएपनि कुनै कार्यालयका प्रतिनिधि सहभागी नभएको भोजपुर वहिरा संघका अध्यक्ष सिताराम ओझाले वताए । जिल्लामा रहेका वहिराहरुको समस्या समाधानमा कसैले चासो नदिएको उनले गुनासो गरे ।
जिल्लामा वाहिराहरुको मुख्य समस्या शिक्षा र सञ्चारमा पहुँच नभएको भन्दै ओझाले सरोकारवाला निकायले हक अधिकारको लागि चासो नदिएकोले संघ स्थापना गर्नु परेको वताए ।
अन्य जिल्लाको तुलनामा भोजपुरमा वहिराहरु हक अधिकारबाट वञ्चित बनेको उनको भनाई छ । दिवसको अवसरमा लाोकतान्त्रिक गेट देखि चारभञ्जयाङ र जिल्ला अस्पतालसम्म प्रभात फेरी र जिल्ला अस्पताल भोजपुरका विरामीलाई फलफुल वितरण गरिएको छ ।
कार्यक्रममा भोजपुुर नगरपालिका, उद्योग वाणिज्य संघ, पत्रकार र जिल्ला प्रशासनका प्रतिनिधी मात्र सहभगी थिए । भोजपुर जिल्लामा ५० जनाले वहिराको सदस्यता लिएका छन् भने अन्यको खोजी भईरहेको संघले जनाएको छ ।