वि.सं. २०७४ साल असोज १६ गते। सोमबार। इश्वी सन् २०१७ अक्टोबर २ तारिख। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वादशी, २४:५६ बजेउप्रान्त त्रयोदशी। 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

Advertisement

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा समस्या पर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखा पर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। तर, काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आँटेको काम सम्पादन हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम प्रारम्भ होला। दिन उत्साहपूर्ण रहला। अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। चिताएको काममा दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। साझेदारीमा देखिएकाे समस्या सुल्झाउन सकिनेछ। अाफन्तको सहयाेगले राम्राे फाइदा हुनेछ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

हिम्मतले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। तर, समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। सहयोगीरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले बल्झिन सक्छ। फजुल खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। तापनि, आंशिक लाभ भने मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। तापनि श्रमअनुसार फाइदै हुनेछ। प्रयत्न गर्दा कामबाट उपलब्धि उठाउन सकिनेछ। तर, परिवारजनबाट टाढिनुपर्ला। आफ्ना कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। (नेपाली पात्रो)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!