संगालोखबर सम्वाददाता

धनकुटा, ८ असोज । नेकपा एमालेले धनकुटा जिल्लाभर एकैसाथ चाडपर्वको शुभकामना आदान–प्रदानसहित चुनावी तयारीको बिषयमा बहस गरेको छ । जिल्लाका ६० वटै वडामा शनिवार शुभकामना आदान–प्रदान गरी आसन्न चुनावको तयारीका बिषयमा छलफल गरिएको हो ।

बिजया दशमी, दीपावली, छठ, नेपाल सम्बद्ध लगायत चाडपर्वको शुभकामना आदान–प्रदानसँगै चुनावी तयारीको बिषयमा बहस पनि गरिएको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख नैन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
चौविसे गाउँपालिका–३ मा आयोजित एमालेको कार्यक्रम ।

उनका अनुसार शुभकामना आदान–प्रदान गरी आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको प्रतिनिधिसभा निर्वाचनको तयारीको बिषयमा पनि छलफल गरिएको छ ।

चुनावमा उच्चतम सफलता प्राप्त गर्न अपनाउँनुपर्ने रणनीति, चुनावी तयारी लगायतको बिषयमा छलफल गरी कार्यकर्ता स्तरबाट सुझावसमेत संकलन गरिएको छ । उक्त कार्यक्रमका लागि एमाले जिल्ला स्तरका सवै नेताहरु वडा–वडामा खटिएका थिए ।

महालक्ष्मी नगरपालिकाको लेगुवामा आयोजित एमालेको कार्यक्रममा सहभागिहरु ।

गत भदौ २९ र ३० गते सम्पन्न पार्टी जिल्ला कमिटिको बिस्तारित बैठकको निर्णय बमोजिम चाडपर्वको शुभकामना साटासाट गरी चुनावी तयारीलाई पनि तिव्रता दिईएको एमालेले जनाएको छ ।

पाख्रीवासमा आयोजित एमालेको कार्यक्रम ।

स्थानीय तह निर्वाचनमा जिल्लाका तीन नगरपालिका र चार गाउँपालिका गरी सातवटै स्थानीय तहमा बिजय प्राप्त गरेको एमालेले आगामी निर्वाचनमा पनि सफलताका लागि तयारी तिव्र बनाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!