भक्तपुर बमकाण्ड : मोटरसाइकल भेटियो, बम विस्फोट गराउने फरार
भक्तपुर, १० मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परे पनि विस्फोट गराउनेहरु भने फरार रहेका छन् ।
उक्त नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरी बम विस्फोट भएको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
उक्त स्थान नजिकै नेपाली कांग्रेसका प्रदेश सभा तर्फका उम्मेदवार जिवन खत्रीको घर रहको छ ।
...
























