वर्षमान पुन चढेको गाडीमा बिस्फोट
रोल्पा, २५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो ।
बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुन सक्ने आशंका छ । पुनको दवावमा आफ्ना जिल...





















