२०७४ मंसिर ६ गते बुधबारको राशिफल

२०७४ मंसिर ६ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल मंसिर ६ गते। बुधबार। इश्वी सन् २०१७ नोभेम्बर २२ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– चतुर्थी, २४:०६ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि ...
बाम गठबन्धनका नेताले भने ‘गलत मान्छेले जितेमा पछुताउँनु पर्छ, वेलैमा सचेत हुनुस्’ 

बाम गठबन्धनका नेताले भने ‘गलत मान्छेले जितेमा पछुताउँनु पर्छ, वेलैमा सचेत हुनुस्’ 

धनकुटा, ५ मंसिर । धनकुटाको मौनावुधुकमा मंगलबार भएको सभालाई संबोधन गर्दै बाम गठबन्धनका नेताहरुले निर्वाचनमा सोच विचार गरेमा मात्र मतदान गर्न मतदातालाई आग्रह गरेका छन । क्षणिक आश्वासनमा परेर गलत मान्छेलाई भोट दिएमा पछि पछुताउँनुको विकल्प नहुँने भन्दै उनीहरुले मतदान गर्नभन्दा अघि उम्मेद्वारको मुल्यांकन गर्न आग्रह गरेका हुन । लोकतन्त्रको माग गर्दा भीमनारायण श्रेष्ठ र छिन्ताङ्गका सर्वसाधरणलाई निर्ममता...
पूर्वी पहाडी जिल्लाका सहरमा पर्यटक आकर्षित गर्न लसुनदेखि बन्दागोभीसम्मका स्तम्भ

पूर्वी पहाडी जिल्लाका सहरमा पर्यटक आकर्षित गर्न लसुनदेखि बन्दागोभीसम्मका स्तम्भ

तेह्रथुम, ५ मंसिर । पूर्वका पहाडी शहरहरुमा हरेक वर्ष फरक–फरक प्रकृति र पहिचान बोकेका स्तम्भहरु निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् । पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, तेह्रथुमको बसन्तपुर, लसुने र संखुवासभाको मुढेशनिश्चरे बजारमा यस...
माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने

माथिल्लो तामाकोशी २०७५ मंसिरमा सम्पन्न हुने

दोलखा, ५ मंसिर । विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो । सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९३ प्रतिशतको हाराहारीमा पुगेको छ । कुल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएपछि ...
टुक्रा–टुक्रा पारिएको अवस्थामा शव फेला

टुक्रा–टुक्रा पारिएको अवस्थामा शव फेला

राजविराज, ५ मंसिर । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। मंगलवार बिहान नदि छेउमा दिशा पिसाब गर्न गएका गाउँलेहरुले क्षत विक्षत शव हेरेपछि प्रहरीलाई जानकारी गराएका थिए। कोशी नदि छेउमा फालिएको शव भन्दा झण्डै ३ सय मिटरको वरपर शरिरका विभिन्न भागहरु छरिएको अवस्...
एनआरएन अस्ट्रेलियामा ६ जना मनोनयन

एनआरएन अस्ट्रेलियामा ६ जना मनोनयन

सिड्नी, ५ मंसिर । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको हालै बसेको बैठकले रिक्त पदहरुमा मनोनित गरेर कार्यसमितिलाई पूर्णता दिएको छ । चार जना रास्ट्रिय समिति सदस्य र दुर्इ जना कार्यसमिति सदस्य गरी जम्मा ६ जनालाई बैठकले मनोनित गरेको हो । प्रबक्तामा दिला खरेल र पब्लिक अफिसरमा भिम खरेललाई नियुक्त गरिएको अध्यक्ष तोनु घोतानेले बताए । त्यस्तै अन्य राष्ट्रिय समिति सदस्हरुमा मुरारी लम्साल, अच्युत अधिकारी,...
रोहिङ्गाविरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

रोहिङ्गाविरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको आरोप

याङ्गोन, ५ मंसिर । म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिका विरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको विश्व मानवअधिकार संस्था, एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । हिंसाको कारण विशेषगरी म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो । उनीहरु हाल बङ्गलादेशमा शरण लिएर बसेका ...
डडेल्धुराको गाउँपालिकामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुराको गाउँपालिकामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

डडेल्धुरा, ५ मंसिर । डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ । कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न माग राखी नगरपालिकाको ...
नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए

नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए

काठमाडौं, ५ मंसिर । नेपाली वैज्ञानिकले ब्रम्हाणमा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज पत्ता लगाएका छन् । दक्षिण कोरियाको सोलस्थित होन्से विश्वविद्यालका वैज्ञानिक डा. सञ्जय पौडेलले १८ करोड प्रकाश वर्ष टाढा आकाशगंगाको जुम्ल्याहा तारापुञ्ज भेटेका हुन् । पृथ्वीबाट उत्तरी आकाशमा देखिने अश्लेषा नक्षत्रको दिशामा तारापुञ्जहरूको खोजले अहिले खगोलशास्त्रीबीच छलफल सुरु भएको छ । ब्रम्हाण्डमा करिब एक अर्ब ताराप...
पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

एजेन्सी, ५ मंसिर । खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड ताराहरुबीचको स्थान (इन्टरस्टेलर स्पेस) बाट सौर्य परिवार भित्रिएको निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन्। अक्टोबर १९ मा हवाइस्थित पान स्टार्स १ टेलिस्कोपले यो पिण्डलाई देखेको थियो। तीव्र गतिमा दौडिरहेको यो पिण्डलाई पहिले वैज्ञानिकहरुले धुमकेतु...
सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि

सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ । मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो । लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए । तर,  खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयब...
नाकाहरू तीन दिन बन्द हुने

नाकाहरू तीन दिन बन्द हुने

बैतडी, ५ मंसिर । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो । चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख ...
भ्रस्ट्र कर्मचारीलाई जेल हाल्छु भन्ने मेयर आफै अख्तियारको फन्दामा

भ्रस्ट्र कर्मचारीलाई जेल हाल्छु भन्ने मेयर आफै अख्तियारको फन्दामा

इटहरी, ५ मंसिर । स्थानीय निर्वाचनमा बिजयी भएको पर्सीपल्टै एक सार्वजनीक कार्यक्रममा इटहरी उपमहानगरपालिका भित्र भ्रस्ट कर्मचारी भेटीए तुरून्तै जेल हाल्छु भनेर उदघोष गरेका मेयर द्वारीकलाल चौधरी अहिले आफै लाखौ रकम अनियमितता भएको बिषयमा मुछिएका छन । उपमहानगरले गत साउन १ गते देखी कार्तिक ७ गते सम्म खरिद गरेको सिएफएल बल्बमा लाखौ अनियमिता भएको आरोपसहित मेयर चौधरी मुछिएका हुन । मेयर चौधरी लगायतका कर्मच...
कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

पोखरा, ५ मंसिर । कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् । बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । बीमा दर्ता गराएका २५ ह...
विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

कैलाली, ५ मंसिर । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक ...
तेह्रथुममा बाम गठवन्धनको चुनाव प्रचार प्रसारलाई तिव्रता

तेह्रथुममा बाम गठवन्धनको चुनाव प्रचार प्रसारलाई तिव्रता

तेह्रथुम, ५ मंसिर । तेह्रथुममा बाम गठवन्धनले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठवन्धनलाई जिताउनुका लागि उम्मेदवारहरु संगठन, परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा छन् । जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म गठवन्धनका सबै संगठन समितिहरु निर्माण गर्दे चुनाव प्रचार प्रसारलाई तिव्रता दिइएको चुनाव परिचालन कमिटि संय...
अवैध नेपाली कामदारले नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

अवैध नेपाली कामदारले नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

काठमाडौं, ५ मंसिर । कतारमा अवैध रुपमा बसेका (इलिगल) नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय गरेको छ । पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो सुविधा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, ...
चुनावको मुखैमा भोजपुर सहित ४ जिल्लाका सिडिओको रातारात सरुवा

चुनावको मुखैमा भोजपुर सहित ४ जिल्लाका सिडिओको रातारात सरुवा

काठमाडौं, ५ मंसिर । पहिलो चरणको निर्वाचनको ५ दिनअघि सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको व्यापक सरुवा गर्न थालेको छ । कैलाली, नुवाकोट लगायतका जिल्लामा प्रहरी प्रमुख फेरिए लगत्तै सरकारले सिडिओहरुको सरुवा शुरु गरेको हो । गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा सोमबार राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा भएको छ । गृहमन्त्रालयको कार्यभा...
नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका

नयाँ कक्षाकोठामा पढ्न पाउँदा उत्साहित छन् चेपाङ बालबालिका

  धादिङ, ५ मंसिर । थाक्र्रे गाउँपालिका–८ स्थित काउले आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत उज्ज्वल तामाङलाई नयाँ कक्षाकोठामा पढ्न पाउँदा रमाइलो लागेको छ । “पहिला त पुरानो भवन र बस्ने डेक्स बेन्च पनि पुराना भएकाले स्कुल आउन पनि मन लाग्दैनथ्यो तर अहिले त नयाँ कक्षाकोठा, नयाँ बस्ने ठाउँ भएपछि भने स्कूल आउन मन लाग्छ”, उज्ज्वलले भने । नयाँ भवनमा पढ्न पाउँदा कक्षा ४मा अध्ययनरत पारस लामा पनि...
सिरहामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

सिरहामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

सिरहा, ५ मंसिर । सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् । घरायसी बिवाद बढ्दै जाँदा घटना भएको प्रहरीले बतायो । मंगलबार बिहान ४ बजेतिर कलियानपुर नगरपालिका ६ निवासी मोहमद ओली राइनले खुकुरी प्रहार गरि आफ्नी श्रीमतीको हत्या गरेका हुन् । ३० बर्षकी श्रीमती समिला खातुनको घाँटीमा मोहमद ओली राइनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी सिरहाले जनायो । खुकुरी प्...
सर्वोच्च परिसरमा बम राखिएको हल्लापछि तनाब उत्पन्न,न्यायाधीसहरुको भागाभाग

सर्वोच्च परिसरमा बम राखिएको हल्लापछि तनाब उत्पन्न,न्यायाधीसहरुको भागाभाग

  काठमाण्डौ, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि तनाव भएको छ । कर्मचारी र न्यायाधीसहरुको भागाभाग भएको छ । सुरक्षा निकायलाई सर्वोच्चमा बम राखिएको सूचना गएपछि सुरक्षा निकायले नै कर्मचारीलाई बाहिर निस्कन भनेको त्यहाँ पुगेका संवाददाताले जनाएका छन् ।
ट्र्याक्टरको ठक्करबाट युवतीको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवतीको मृत्यु

जितपुर, ५ मंसिर । ट्र्याक्टरले ठक्कर दिँदा  साइकलमा सवार एक युवतीको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु ३ त २१४५ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको सोमबार साँझ मृत्यु भएको हो । क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई भैरहवा मेडिकल कलेजमा पु¥...
२०७४ मंसिर ५ गते मंगलबारको राशिफल

२०७४ मंसिर ५ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल मंसिर ५ गते। मंगलबार। इश्वी सन् २०१७ नोभेम्बर २१ तारिख। शकसंवत् १९३९। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– तृतीया, २१:५८ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्...
धनकुटामा मानव अधिकार सूचक सर्वेक्षणः स्वास्थ्य, शिक्षा र बाल अधिकारमा प्राथमिकता

धनकुटामा मानव अधिकार सूचक सर्वेक्षणः स्वास्थ्य, शिक्षा र बाल अधिकारमा प्राथमिकता

धनकुटा, ४ मंसिर । मानव अधिकारका विभिन्न सूचक मध्ये नागरिकले स्वास्थ्य, शिक्षा र बालअधिकारका बिषयमा सर्वाधिक चासो लिने गरेको एक सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले धनकुटामा गरेको प्राथमिकता निर्धारण सर्वेक्षणमा यस्तो पाईएको हो । आयोगले विभिन्न ११ प्रकारका मानव अधिकारका सवालमा लिएको प्राथमिकता निर्धारण सर्वेक्षणमा स्वास्थ्य अधिकारमा सर्वाधिक मत परेक...
रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

रत्नपार्कको आकाशे पुलबाट ५ केजी सुनसहित दुई पक्राउ

काठमाडौं, ४ मंसिर । काठमाडौंको रत्नपार्कबाट प्रहरीले ५ केजी सुनसहित दुई जनालाई पक्राउ गरेको छ । रत्नपार्कको आकाशे पुलबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने परिचय भने प्रहरीले खुलाएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको दरबार मार्ग प्रहरी बृत्तले जनाएको छ ।
दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि

दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि

युएई, ४ मंसिर । रोजगारीका लागि युएईमा रहेका नेपाली लोकगीतका पारखीहरुबीच खुल्ला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सञ्जालबाट विकसित हुँदै आएको यस्तो लोकदोहोरी प्रतियोगिता दुबईको मञ्चमा पहिलो पटक आयोजना भएको हो । करीब २ सय जना लोक गायक तथा गायिकाको सहभागिताबाट करीब तीन महिना अघिबाट सञ्चालित प्रतियोगिताको फाइनल राउण्ड गत १७ नोभेम्बर बरदुबईको एभरेस्ट इन्टरनेसनल होटलमा सफलतापूर्वक सम्पन्...
सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायका प्रमुखलाई

सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायका प्रमुखलाई

काठमाडौँ, ४ मंसिर । निर्वाचनको मुखमा सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका प्रमुखसँग छलफल बोलाएका छन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार आज साँझ प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल डाकेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले मुलुकको सुरक्षा अवस्थावारे छलफल गर्न थालेका हुन् ...
त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

काठमाडौँ, ४ मंसिर । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ। गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए। प्रतियोगितामा कायक डाउन रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल का...
बोलेरो पल्टिदा काभ्रेमा एक पैदलयात्रीको मृत्यु

बोलेरो पल्टिदा काभ्रेमा एक पैदलयात्रीको मृत्यु

काभ्रे, ४ मंसिर । काठमाडौंबाट बनेपा आउँदै गरेको बा १८ च ३११९ नम्बरको महेन्द्र बोलेरो जीप काभ्रेको जनागालमा अनियन्त्रित भई पल्टिदा बनेपा–१० का बाबु विष्टको ज्यान गएको छ । स्थानीयका  अनुसार दुर्घटना हुनुअघि स्थानीय विष्ट सडक किनारामा हिडिरहेका थिए । काठमाडौंबाट बनेपा आउँदै गरेको बोलेरो जीप अनियन्त्रित भई पल्टिएर विष्टलाई किचेको प्रहरीले जनाएको छ । विष्टका आफन्त र स्थानीयवासीले सडकमा टायर बालेर प्र...
यसरी गर्नुस् मतदान, तीन मतपत्र, चार छाप

यसरी गर्नुस् मतदान, तीन मतपत्र, चार छाप

इलाम, ४ मंसिर । हरेक निर्वाचनमा निर्वाचन आयोगले सबैभन्दा आलोचना खेप्नुपरिरहेको काम हो मतदाता शिक्षा। मतदान नगरेकामा भन्दा आफूले हालेको मत बदर हुँदा चाहिँ मतको ‘नाश’ भएको तीतो अनुभव मतदाताले गरिरहेका हुन्छन्। आयोगले प्रत्येक मतदातासम्म पुगेर मतदाता शिक्षा दिन नसक्दा हरेक चुनावमा बदर मतको संख्या बढी हुने गरेको छ। यही मंसिर १० गते देशका हिमाली तथा उच्चपहाडी ३२ जिल्ला र बाँकीमा मंसिर २१ गते एकैदिन ...
गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि जनागालमा तनाव, अरनिको राजमार्ग अबरुद्ध

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि जनागालमा तनाव, अरनिको राजमार्ग अबरुद्ध

काभ्रे, ४ मंसिर । गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टको मृत्यु भएको उनका अाफन्तले पुष्टि गरेका हुन् । विष्...
error: Content is protected !!