नारायणगढ मुग्लिन सडक चार दिन चौबिसै घण्टा खुल्ने
चितवन, २९ पुस । रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक आज शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ। चितवन जिल्ला ट्राफिक कार्यालयले शनिबार सूचना जारी गरेर सो जानकारी गराएको हो। माघे संक्रान्तिको समय परेका कारण बाटो चौबिसै घण्टा खुला हुने बताइएको छ।
‘पुस २९, ३० र माघ एक तथा दुई गते नारायणगढ मुग्लिन सडक सातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निक...


























