- देवकला कार्की/संगालोखबर

धनकुटा, २९ पुस । साँगुरीगढी गाउँपालिकाका दुई वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । साँगुरीगढी–७ र ८ महाभारतलाई पूर्ण सरसफाई उन्मुख स्वःघोषणा तथा प्रमाणिकरण गरिएको हो ।

वडाका सवै घरधुरीले पूर्णसरसफाई सम्वन्धि सुचक पुरा गरेपछि दुवै वडा कार्यालयको आयोजना तथा फण्ड बोर्ड काठमाण्डौ र पर्डेप नेपाल धनकुटाको सहयोगमा यस्तो घोषणा गरिएको हो । पूर्ण सरसफाई कार्यक्रम सफल पार्न सहयोग गर्ने सघं–संस्था, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई अभियानकर्मी, स्थानीय विद्यालय लगायतलाई घोषणा कार्यक्रममा सम्मानपत्र, प्रशंसापत्र र प्रमाणपत्र प्रदान गरिएको छ । प्रचारप्रसारमा सहयोग पुर्याएको भन्दै धनकुटाको रेडियो मकालुलाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।

Advertisement

प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य निरन राई, जिल्ला समन्वय समिति प्रमुख टंक चुहान, गाउँपालिका अध्यक्ष कुमारजंग याखा लगायतले सम्मान गरेका थिए । पूर्ण सरसफाई उन्मुख स्वःघोषणा तथा प्रमाणीकरण भएवापत दुवै वडा कार्यालयका लागि वडाध्यक्ष विनय राई र पुर्णप्रसाद राईलाई गाउँपालिकाको तर्फबाट अध्यक्ष कुमारजंग याखाले प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राई । तस्वीर: देवकला कार्की/संगालोखबर

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले हरेक कामका लागि स्वास्थ्य र सरसफाई अपरिहार्य कुरा रहेको भन्दै सरसफाईको क्षेत्रमा महाभारत अगाडि बढ्दै गएको प्रति खुशी ब्यक्त गरेका छन् ।

सो अवसरमा प्रदेशसभा सदस्य निरन राई, जिल्ला समन्वय समिति प्रमुख टंक चुहान, गाउँपालिकाका अध्यक्ष कुमारजंग याखा, पर्डेप नेपालका जिल्ला अध्यक्ष नरेन्द्र पोखरेल, कार्यकारी निर्देशक नरेशप्रसाद श्रेष्ठ, कांग्रेसका प्रकाश राई, लक्ष्मी माविका प्रधानाध्यापक सूर्यबहादुर मगर लगायतले दुवै वडा एकैसाथ पूर्ण सरसफाई उन्मुख स्वःघोषणा भएको प्रति खुशी ब्यक्त गर्दै सरसफाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा ८ नम्बर वडाध्यक्ष विनय राईले आचारसंहितासहितको पूर्ण सरसफाई उन्मुख स्वःघोषणा पत्र बाचन गरेका थिए ।

थप तस्वीरहरु हेर्नुहोस्…


तस्वीरहरु: देवकला कार्की/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!