संगालोखबर सम्वाददाता

धनकुटा, २९ पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आज पनि एक घण्टा चक्काजाम गरिएको छ । एक महिना अघि देखि आन्दोलित जिल्लाबासीले कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा दिउँसो १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् । चक्काजामका कारण दर्जनौ सवारी साधन रोकिएका थिए ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने माग गर्दै गत मंसिर २९ गतेदेखि जिल्लाबासीले आन्दोलन सुरु गरेका हुन । राजधानी माग गर्दै दैनिक प्रदर्शन गर्दै आएका जिल्लाबासीले यसअघि ६ दिनसम्म आमहड्ताल गरेका थिए ।

Advertisement

सरकारले तत्काल राजधानी नतोक्ने संकेत गरेपछि आन्दोलन परिमार्जन गर्दै चक्काजाम थालिएको हो ।

धनकुटासहित काठमाण्डौमा पनि धनकुटाबासीले दवावमुलक आन्दोलन गर्दै आएका छन् । काठमाण्डौंमा पनि धर्ना, घेराउ लगायत कार्यक्रम जारी राखेर धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!