काठमाडौँ, ५ माघ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश आज जारी गर्नुभएको छ ।

गत पुस २१ को मन्त्रिपरिषद्को बैठकको सिफारिश एवं नेपालको संविधानको धारा ११४ (१) अनुसार उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कामका लागि गठित दुई आयोगको अवधि सकिए पनि काम पूरा नभएपछि अध्यादेश जारी भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!