बीस वर्ष पुराना सवारी साधन जफत गरिने
काठमाडौँ, २७ फागुन । सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् ।
यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । रासससँग कुरा गर्दै महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताउनुभयो । “सरकारले सरोकार भएका न...






























