नेता नेपाल इरान प्रस्थान

नेता नेपाल इरान प्रस्थान

काठमाडौँ, १७ माघ । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज इरान प्रस्थान गर्नुभएको छ । इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलटिकल पार्टीजको सम्मेलनमा भाग लिन उहाँ आज त्यसतर्फ जानुभएको पार्टीका प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभयो । इरानको राजधानी तेहरानमा यही माघ १९ र २० गते हुने उक्त सम्मेलनमा एसियाका ३०० भन्दाबढी राजनीतिक दल सहभागी हुँदैछन् । पूर्वप्रधानमन...
हतियार लुट्ने पक्राउ

हतियार लुट्ने पक्राउ

बारा, १७ माघ । गत वैशाख ११ गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना तस्करको समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको शटगन लुटेर लगेका थिए । धर्मनगरस्थित नेपाल इँटा उद्योग छेउमै तस्करीको मालसामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर र प्रहरीबीच दो...
खग्रास चन्द्रग्रहण समाप्त

खग्रास चन्द्रग्रहण समाप्त

काठमाडौँ, १७ माघ । माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । ग्रहणका समयमा शास्त्रीय रुपमा ...
पाकिस्तानमा शक्तिशाली भूकम्प

पाकिस्तानमा शक्तिशाली भूकम्प

इस्लामाबाद, १७ माघ ।  पाकिस्तानका विभिन्न भाग प्रभावित हुने गरी बुधबार शक्तिशाली भूकम्प गएको छ । यस भूकम्प ६.२ म्याग्निच्युडको मापन गरिएको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ । यस भूकम्पमा परी एक बालकको मृत्यु भएको र अन्य नौ जना घाइते भएका सो विभागले जानकारी दिएको छ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानको लसबेला जिल्लाको बेला शहरमा माटोबाट बनेका दुई वटा घर भत्किएपछि यसमा परी ए...
प्रहरी नै अनुसन्धानको घेरामा !

प्रहरी नै अनुसन्धानको घेरामा !

काठमाडौँ, १७ माघ । राजधानीमा हालै घटेका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको पनि कमजोरी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँले ती घटनाका सम्बन्धमा पाँच प्रहरीमाथि अनुसन्धान थालेको छ । बिहीबार दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका नायब प्र...
लुटपाट गर्ने गिरोहका चारजना पक्राउ

लुटपाट गर्ने गिरोहका चारजना पक्राउ

काठमाडौँ, १७ माघ । हतियार देखाएर लुटपाट गर्ने गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका भोजबहादुर थापामगर, सिन्धुलीको मरिन गाउँपालिका–८ बस्ने मिलन भन्ने रत्नबहादुर तामाङ, धुलिखेल नगरपालिका–१ बस्ने विष्णु भन्ने अमृत तामाङ र सोही नगरपालिकाको वडा नं १० बस्ने सानुकान्छा ब्लोन रहेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेशचोक डेरा गरी बस्...
चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु

चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु

दार्चुला, १७ माघ । तीस मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन आजदेखि शुरु भएको छ । पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि आज बिहान ११ बजे राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो । परीक्षण शुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जनाएको छ । द...
उदयपुरका ३ पसलमा चोरी

उदयपुरका ३ पसलमा चोरी

उदयपुर, १७ माघ । जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ। पसल सञ्चालक घिमिरेका अनुसार पसलमा बिक्रीको पैसा र नेत्रज्योति संघको एम्बुलेन्स सञ्चालनबाट संकलित रकम राखेर घर गएका घिमिरेले विहान पसल खोल्न आउँदा सटरको ताला फुटाएर चोर...
सामूहिक बलात्कारको अनुसन्धान गर्न टोली गठन

सामूहिक बलात्कारको अनुसन्धान गर्न टोली गठन

काठमाडौँ, १७ माघ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्न आज एक टोली गठन गरी काम शुरू गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा आयोगले आजै एक अनुसन्धान टोली गठन गरी काम शुरु गरेको उल्लेख छ । आयोगले यौनजन्य हिंसा त...
नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा अधिकारी निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा अधिकारी निर्वाचित

धनकुटा, १७ माघ । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको एघारौं जिल्ला अधिवेशनले छत्रप्रसाद अधिकारीको नेतृत्वमा नयॉ कार्य समिति चयन गरेको छ । मंगलवार राति सम्पन्न अधिवेशनबाट अध्यक्ष पदका प्रत्यासी नगेन्द्र भट्टराईलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी अधिकारीले ३ सय ९३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नगेन्द्र भट्टराईले ३ सय ५४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक रामबहा...
चन्द्रग्रहणमा विज्ञान मान्नेले खानुस्, संस्कार मान्नेले नखानुस् : खगोलशास्त्री आचार्य

चन्द्रग्रहणमा विज्ञान मान्नेले खानुस्, संस्कार मान्नेले नखानुस् : खगोलशास्त्री आचार्य

काठमाडौं, १७ माघ। बुधबार साँझ ५ :३२ देखि खग्रास चन्द्रग्रहण लाग्दै छ। चन्द्रग्रहण बेला खाना खान हुँदैन भन्ने पूर्वीय संस्कार छ। वैज्ञानिकहरूले भने ग्रहणमा खाना खाँदा के असर पर्छ? भन्ने पत्ता लगाइसकेका छैनन्। ‘ग्रहणमा खाने कि नखाने भन्ने तपाई केमा विश्वास गर्नुहुन्छ? भन्नेमा भर पर्छ,’ खगोलशास्त्री जयन्त आचार्यले भने, ‘हाम्रो संस्कारमा ग्रहण बेला खाना अशुद्ध हुने भएकाले खानु हुँदैन भन्ने छ, विज्ञ...
विद्युत् महशुल अब अनलाइनबाटै

विद्युत् महशुल अब अनलाइनबाटै

लहान, १७ माघ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिनुभयो । वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब इ सेवा, महालक्ष्मी...
सेनाले ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने

सेनाले ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने

काठमाडौँ, १७ माघ । नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को उपलक्ष्यमा यही माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ । नेपाली सेना ‘इतिहासदेखि वर्तमानसम्म’ आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सेनाले पहिलो पटक आयोजना गर्न लागेको उक्त...
मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङमा अझै पनि पानी घट्टको प्रयोग

मनाङ, १७ माघ ।  मनाङवासी अझै परम्परागत पानी घट्टमा कुटनीपिसानी गरेर जीविकोपार्जन गर्न बाध्य छन् । जिल्लाका अधिकांश वस्तीमा बिजुली बत्ती, मोटर बाटोको सुविधा पुगे पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनी आधुनिक मिल भने छैन । यस जिल्लामा धान खेती भने हुँदैन । यस जिल्लाको मुख्य बाली फापर गहु करु र आलु हुन् । उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि खोला किनारमा पानी घट्ट बनाएर पिस्दै ग...
प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की आएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा प्रशासनमा निवेदन

प्रधानन्यायाधीशबाट ज्यान मार्ने धम्की आएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीद्वारा प्रशासनमा निवेदन

काठमाडौँ, १७ माघ ।  वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आफ्नो ज्यान असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिएका छन् । आफूलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘ज्यान मार्ने’ भन्दै धम्क्याएको र त्यसपछि अज्ञात समूह आफ्नो कार्यालयमा आएर त्रासको वातावरण कायम राखेको भन्दै उनले प्रशासनमा शान्ति सुरक्षाको बुधबार निवेदन दिएका हुन् । ‘डा. गोविन्द केसीको मुद्दाको सुनुवाई हुने दिन अपरान्ह प्रधानन्य...
स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु

स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु

काठमाडौँ, १७ माघ । स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसंग वार्षिक संयुक्त समीक्षा बैठक शुरु भएको छ । मन्त्रालयको नेतृत्वमा आजदेखि शुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिँदै छ । मन्त्रालयका अनुसार स्वास्थ्यमा ८० प्रतिशत बजेट नेपाल सरकार र २० प्रतिशत दातृ निकायको लगानी छ । उक्त मन्त्रालयसँग राष्ट्रियस...
एक महिने स्वस्थानी व्रत समापन

एक महिने स्वस्थानी व्रत समापन

काठमाडौँ, १७ माघ ।  पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ । बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारख...
प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

विराटनगर, १७ माघ ।  प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो । रंगरोगनलगायतका कार्य सम्पन्न भएपछि कार्पेट बिछ्याउनुका साथै कुर्सी...
सूचना प्रविधिमार्फत वन व्यवस्थापन

सूचना प्रविधिमार्फत वन व्यवस्थापन

नवलपरासी, १७ माघ ।  नेपालमै पहिलो पटक नवलपरासीमा सूचना प्रविधिमार्फत वन व्यवस्थापन गर्न थालिएको छ । इन्टरनेटमा आधारित प्रविधिमार्फत जिल्लामा वन व्यस्थापनको कामअघि बढाइएको वन अधिकृत विजयराज सुवेदीले जानकारी दिनुभयो । डाटा म्यानेजमेन्ट/ ट्रयाकिङ नामाकरण गरिएको सो प्रविधिमार्फत जिल्लामा वन व्यवस्थापनको काम शुरु गरिएको र यसका लागि कार्यालयले अनलाइन मोबाइल एप्स तयार गरेर २४ वटा मोबाइल सेटमा सो प्रवि...
आगामी युग दक्षिण एशियाली युग: उपराष्ट्रपति पुन

आगामी युग दक्षिण एशियाली युग: उपराष्ट्रपति पुन

काठमाडौँ, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले २१ आँै शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।” नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज...
सङ्ग्रहालयलाई पुरातात्विक सामग्री

सङ्ग्रहालयलाई पुरातात्विक सामग्री

तेह्रथुम, १७ माघ । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा स्थापना भएको पर्यटन सूचना केन्द्र र सङ्ग्रहालयलाई स्थानीय एक युवा क्लबले पुरातात्विक सामग्री हस्तान्तरण गरेको छ । चैनपुर नगरपालिका–१ स्थित प्रि–म्युजिक युथ क्लब, पहिरेले तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित सङ्ग्रहालयका लागि ऐतिहासिक तथा पुरातात्विक सामग्री हस्तान्तरण ग...
नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

खजुरा, बाँके, १७ माघ । नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् । धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम शुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताउनुभयो । उहाँका अनुसार विमानस्थलको ध...
त्रिभुवन माविलाई २० लाख सहयोग

त्रिभुवन माविलाई २० लाख सहयोग

गुल्मी, १७ माघ ।  गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ । मुसिकोट नगरपालिका–६, कुर्घा, भुवाचिदीस्थित विद्यालयका लागि सोही वडा कुर्घा देउताथान जन्म भई हाल चितवन बसोबास गर्दै आउनुभएका घनश्याम शर्माले रु २० लाख पाँच हजार एक रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहनुभएका उहाँ हाल भने रोजगारीको सिल...
नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

नेपाल–भारत अधिकारीबीच सर्वे टोली पर्खने सहमति

भीमदत्तनगर, १७ माघ ।  कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ । केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दशगजामा पर्ने भन्दै अवरोध पु¥याएको बेलौरीका स्थानीयवासीको दाबी छ । उक्त ...
फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्

फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्

ललितपुर, १७ माघ ।  सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना गरेर तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको ...
तालाबन्दी नखुल्दा वडावासी समस्यामा

तालाबन्दी नखुल्दा वडावासी समस्यामा

मंगलबारे, इलाम, १७ माघ । इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ । कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाबाट विनियोजित रु २० लाखबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटो निर्माण समित...
पोखरीमा डुबेर महिलाको मृत्यु

पोखरीमा डुबेर महिलाको मृत्यु

गौशाला, १७ माघ ।  महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभएको छ । शारीरिक रुपमा अपाङ्ग रहेकी भण्डारी शौचका लागि वनमा गएको र एकडारा–२ मै अवस्थित पोखरीमा सरसफाइका लागि गएको ...
देशकै होचो मान्छे भेटिएको दाबी

देशकै होचो मान्छे भेटिएको दाबी

पथरी, मोरङ, १७ माघ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन । तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध ...
बेनीमा पहिलोपटक दाँतको जटिल शल्यक्रिया

बेनीमा पहिलोपटक दाँतको जटिल शल्यक्रिया

बेनी, म्याग्दी, १७ माघ ।  म्याग्दीको बेनी अस्पतालमा पहिलो पटक दाँतको जटिल शल्यक्रिया गरिएको छ । घाँस काट्ने क्रममा रूखबाट लडेर दाँत र हड्डी भाँचिएका एक युवाको बेनी अस्पतालमा पहिलोपटक उपचार गरिएको छ । दुर्घटनामा दाँत र मुखमा लागेको चोट मध्यकै जटिल मानिने (डेन्टोएल्भियोलर) फ्र्याक्चरलाई अस्पतालमा ४५ मिनेटमा सफल शल्यक्रिया गरिएको हो । दिउँसो रूखमा घाँस काट्ने क्रममा लडेर जमिनमा खसेका रघुगंगा गाउ...
ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

लहान, १७ माघ ।  सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर पल्टिँदा  मण्डलको मृत्यु भएको प्रहरीको भनाइ छ ।
ब्रेनट्युमर पीडित दीपाको उपचारमा सहयोग

ब्रेनट्युमर पीडित दीपाको उपचारमा सहयोग

खोटाङ, १७ माघ ।  ऐँसेलुखर्क गाउँपालिका–२, बाकाचोलकी ब्रेन ट्युमर पीडित बालिका दीपा राईलाई रु ७८ हजार ४९५ रुपैयाँ सहयोग प्राप्त भएको छ । यसअघि हङकङ निवासी शुभेच्छुकबाट एक लाख १४ हजार ४०० सहयोग प्राप्त भएकोमा ती १२ वर्षीया बालिकालाई पुनः उपचार खर्चस्वरुप सहयोग प्राप्त भएको हो । दीर्घायु गुरु अस्पताल, चाबहिलमा शल्यक्रिया गरिएकी बालिकालाई हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ दियाले घर भई हाल पोर्चुगल...
error: Content is protected !!