काठमाडौँ, २७ फागुन । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संघीय संसद् भवनमा आज बसेको फोरम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्ने निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

फोरमको निर्णयसँगै प्रधानमन्त्री ओलीले दुई तिहाइभन्दा बढी मत प्राप्त गर्ने देखिएको छ । राष्ट्रिय जनता पार्टी नेपालले पनि प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत दिने जनाइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!