पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्री बनेपछि

पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्री बनेपछि

काठमाडौं, १७ माघ । नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल–भारत (रक्सौल–अमलेखगन्ज) पेट्रोल पाइप लाइन निर्माण सुरु गर्ने भएको छ । पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिइरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइप लाइन निर्माण थाल्ने संकेत गरेको हो । वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई हेरिएको छ । राजनीतिक स्वार्थ पूरा गर्न...
शहीद लखन थापाको शालिक निर्माण गरिने

शहीद लखन थापाको शालिक निर्माण गरिने

नवलपरासी, १७ माघ । शहीद क्याप्टेन लखन थापा मगरको स्मृतिमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती–१ हात्तीखोरमा रहेको पोखरीताल पिक्निकस्थलमा शालिक निर्माण कार्य शुरु गरिएको छ । शहीद दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रमबीच शालिकको शिलान्यास गरिएको हो । लखन थापामगर शालिक निर्माण मूल समितिका संयोजक एवं प्रदेश सभा सदस्य रोशनबहादुर गाहाको संयोजकत्वमा शालिक निर्माणका लागि शिलान्यास गरिएको थ...
सन् २०१७ सम्ममा ५५ लाख अफ्रिकी विस्थापित

सन् २०१७ सम्ममा ५५ लाख अफ्रिकी विस्थापित

नैरोबी, केन्या, १७ माघ । अफ्रिकाका केही मुलुकबाट विस्थापित जीवन विताउन बाध्य अफ्रिकीको सङ्ख्या सन् २०१७ को अन्त्यसम्म ५५ लाख पुगेको संयुक्त राष्ट्रसंघद्वारा मङ्गलबार जारी प्रतिवेदनमा जनाइएको छ । विस्थापितमध्ये ४१ लाख नागरिक आन्तरिक रूपमा विस्थापित बनेका छन् भने १४ लाख नागरिक अफ्रिकी विभिन्न मुलुक, यूरोप तथा अमेरिकामा शरणार्थी जीवन विताइरहेका संयुक्त राष्ट्रसंघ मानवीय सहयोग मामिला हेर्ने संस्था ...
आज चन्द्र ग्रहण, कुन राशि भएकालाई के हुन्छ ?

आज चन्द्र ग्रहण, कुन राशि भएकालाई के हुन्छ ?

काठमाडौं, १७ माघ । नेपाल पञ्चांग निर्णायक समिति नेपालका अनुसार, बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिए । ‘शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको ...
अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

अन्तरिक्ष अध्ययन तारामण्डल अवलोकनमै सीमित

काठमाडौं, १७ माघ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय  परिसरमा ४ हजार २ सय वर्गमिटर क्षेत्रफलको ठूलो भवन छ ।  बिपी मेमोरियल प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालय नाम दिइएको यो संस्था २६ वर्षपहिले अन्तरिक्ष विज्ञान अध्ययनका लागि स्थापना गरिएको हो । संस्थाले अहिले नगरकोटमा रहेको वेधशालाबाट आकाशीय पिण्डको दृश्यावलोकन गर्नेबाहेक अन्य काम गर्न सकेको छैन । २०४८ सालमा स्थापना भएको यो संस्थ...
किराती उद्गम थलोको प्रवद्र्धन गर्न गीति भिडियो

किराती उद्गम थलोको प्रवद्र्धन गर्न गीति भिडियो

खोटाङ, १७ माघ । किराती सभ्यताको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुमको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोही स्थानसँग सम्बन्धित गीति भिडियो निर्माण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित किराती इतिहास, सभ्यता तथा सीपसँग जोडिएको रमणीय तुवाचुङलाई गीति भिडियोको माध्यमबाट संसारभर परिचित गराउने उद्देश्यका साथ सोही स्थानको परिचय झल्कने गीतको भिडियो निर्माण शुरु गरिएको हो । नेपालक...
क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

काठमाडौं, १७ माघ ।  यस वर्षको क्यान इन्फोटेकमा तीन लाख ७६ हजार दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको सुबिसु क्यान इन्फोटेक–२०१८ मंगलबार सम्पन्न भएको छ । गत वर्षभन्दा यसपालि ६६ हजारभन्दा धेरै दर्शकले अवलोकन गरेको क्यान महासंघका प्रबन्धक सुवास पौडेलले बताए । उनका अनुसार पोहोर साल तीन लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेका थिए । क्यानले मेला आवलोकन गर्न आएका दर्शकले काटेको टिकट र उसले नि...
दशरथ चन्दको जन्मघरमा शहीद दिवस

दशरथ चन्दको जन्मघरमा शहीद दिवस

बैतडी, १७ माघ ।  शहीद दशरथचन्दको जन्मभूमि बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मंगलबार शहीद दिवस मनाइयो । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको शहीद सदनमा विशेष श्रद्धाञ्जलि सभाको आयोजना गरिएको थियो । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानक...
२०७४ माघ १७ गते बुधबारको राशिफल

२०७४ माघ १७ गते बुधबारको राशिफल

वि.सं. २०७४ साल माघ १७ गते। बुधबार। इश्वी सन् २०१८ जनवरी ३१ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, १९:३३ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ।...
धनकुटामा यसरी मनाईयो शहीद दिवस

धनकुटामा यसरी मनाईयो शहीद दिवस

धनकुटा, १६ माघ । शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी धनकुटामा पनि मंगलबार शहीद दिवस मनाईएको छ । हुसाडेक नेपाल धनकुटाको आयोजनामा धनकुटा–७ वसपार्क स्थित शहीद स्मारक स्तम्भमा माल्यार्पण गरी शहीदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ । शहीद स्मारक स्तम्भमा माल्यार्पण गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले शहीदले देखेको सपना साकार पार्नु आफ्नो कर्तव्य भएकाले शहीदको सपना पुरा गर्न सदैव लागिपर्ने ...
दीपप्रज्वलन तथा फलफूल वितरण

दीपप्रज्वलन तथा फलफूल वितरण

काठमाडौँ, १६ माघ ।  नेपाल विद्यार्थी संघले शहीद दिवसका अवसरमा आज दीपप्रज्वलन तथा वृद्धवृद्धालाई फलफूल वितरण गरेको छ । संघले पशुपतिनाथ मन्दिर परिसरभित्र ‘समाजकल्याण केन्द्र वृद्धाश्रम’ मा रहेका ५०० वृद्धवृद्धालाई फलफूल वितरण गरेको हो । फलफूल वितरण गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले देशमा प्रजातन्त्र प्राप्तिका लागि ज्ञातअज्ञात शहीदको सम्मानमा नेविसंघले फलफूल वितरण गरेर राम्रो काम गरेको बताउनुभ...
साफाको सम्मेलन काठमाडौँमा शुरु

साफाको सम्मेलन काठमाडौँमा शुरु

काठमाडौँ, १६ माघ ।  दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) को सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सदस्य संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनको औपचारिक उद्घाटन बुधबार हुने भएपनि आजदेखि साफाका विविध कार्यक्रम शुरु भएको छ । यही १८ सम्म चल्ने सम्मेलनमा लेखा तथा वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीता र व्यवस्...
प्लास्टिकबाट डिजेल उत्पादन

प्लास्टिकबाट डिजेल उत्पादन

रसुवा, १६ माघ । प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ । गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६०० एमएल डिजेल उत्पादन गरिएको हो । पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा छरिएका प्लास्टिक तथा पानीको बोतल व्यवस्थापन गरी वातावरण स्वच्छता पार्ने र ती प्लास्टिकजन्य वस्तुक...
दश अर्बको लगानी कोष स्थापना गर्दै एनआरएन

दश अर्बको लगानी कोष स्थापना गर्दै एनआरएन

काठमाडौँ, १६ माघ । गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपालको लगानी प्रवद्र्धनका लागि रु १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आज भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिनुभयो । कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्...
हत्याका आरोपमा पक्राउ

हत्याका आरोपमा पक्राउ

काठमाडौँ, १६ माघ । सेक्युरिटी गार्डलाई कर्तव्य गरी मारेको अभियोगमा राजधानी स्वीटमा कार्यरत मकवानपुर थाहा नगरपालिका–९ का राजन थापा क्षेत्रीलाई प्रहरीले सोमवार काठमाडौँको बाङगेमुढाबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२५ मछिन्द्र वहालमा इस्टुवेट सेक्युरीटी कम्पनीमा गार्डको काम गर्ने दोलखा शैलुङ गाउँपालिका–४ का तुलवहादुर तामाङ आइतबार बिहान घाइते अवस्थामा फेला परेको र उपचारका लागि राष्ट्रिय ट्...
रकम ठगी गर्न खोज्ने पक्राउ

रकम ठगी गर्न खोज्ने पक्राउ

काठमाडौँ, १६ माघ । आइएमओबाट चिठ्ठा प¥यो भनि झुक्काएर रकम ठगी गर्न खोज्ने सर्लाही घर भएका २२ वर्षीय अमिर हुसेन सोमबार पक्राउ परेका छन् । चिठ्ठा परेको रकम लिन पहिला केही रकम दिनुपर्छ भनि सर्वसाधारणले पठाएको रकम लिन आफ्नो फोटो टाँसी गलत नाम ठेगाना रहेको लाइसेन्सको कलर प्रिन्टलाई लेमिनेशन गरेर लगेको अवस्थामा काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित प्रभु मनिट्रान्सफरबाट उनलाई सर्वसाधारणले नियन्त्रणम...
भूकम्प पीडितको आवास निर्माणका लागि सडक

भूकम्प पीडितको आवास निर्माणका लागि सडक

दोलखा, १६ माघ । बैतेश्वर गाउँपालिका–७ मार्बु रिमालगाउँदेखि नागदह जोडिएको ग्रामिण कृषि सडक निर्माण भएको छ । भूकम्प पीडितको आवास निर्माणका लागि नागदहबाट आवश्यक पर्ने निर्माण सामग्री जस्तै बालुवा गिट्टी ढुवानीमा सहयोग पु¥याउने उद्देश्यले सो सडक निर्माण गरिएको हो । बैतेश्वर गाउँपालिकाले सो सडक निर्माणका लागि रु १० लाख बजेट बिनियोजन गरिएको हो । सो सडक तीन किलोमिटर लम्वाईको रहेको बैतेश्वर गाउँपालि...
आहा रारा गोल्डकप: पुलिसद्वारा मनाङ ३–१ ले पराजित

आहा रारा गोल्डकप: पुलिसद्वारा मनाङ ३–१ ले पराजित

पोखरा १६  माघ । नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार (आज) भएको अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले अघिल्लो चरणको यात्रा तय गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। तुलनात्मक रुपमा कमजोर मानिएको पुलिसको युवा टोलीले सबैलाई चकित पार्दै मनाङलाई ...
विद्युत् सर्ट भइ आगलागी  हुँदा ७ लाखको क्षति

विद्युत् सर्ट भइ आगलागी हुँदा ७ लाखको क्षति

काठमाडौं, १६ माघ । सुनसरीको धरान उप–महानगरपालिका–१५ मा आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् सर्ट भइ स्थानीय बमबहादुर विश्वकर्माको घरमा आगलागी भएको हो । आगलागीबाट उनको दुई तले घर तथा घरभित्र रहेका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।
चिया बगानमा मजदूर अभाव

चिया बगानमा मजदूर अभाव

इलाम, १६ माघ । बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ । चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ । मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गर...
राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर नजान एमालेको निर्देशन

राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर नजान एमालेको निर्देशन

काठमाडौँ, १६ माघ ।  नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वाचित सदस्यहरु,...
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रभावित पार्ने रुसीको सूची सार्वजनिक

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रभावित पार्ने रुसीको सूची सार्वजनिक

वासिङ्टन,१६ माघ । गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेको छ । ती व्यक्तिमाथि नाकाबन्दी लगाइने बताइएको छ । त्यस सूचीमा संलग्न व्यक्तिलाई अमेरिकाले ‘पुटिन सूची’ भनेर नाम पनि दिएको छ । तर त्यो कस्तो नाकाबन्दी हो भन्ने बारेमा भने केही बताइएको छैन । अमेरिकी आर्थ...
दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

वीरगञ्ज, १६ माघ ।  जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ । सन् २०२० सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्जमा तेस्रो पटक बाघ गणना शुरु भएपछि पाटेबाघको उपस्थितिका आधारमा यसको संख्या दोब्बर हुन सक्ने अनुमान गरिएको हो । सन् २०१३ को बाघ गणनाअनुसार उक्त नि...
द्वन्द्वकालीन आयोगले ऐन संशोधन भए अवधि थपको पत्र पठाउने

द्वन्द्वकालीन आयोगले ऐन संशोधन भए अवधि थपको पत्र पठाउने

काठमाडौँ, १६ माघ । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन नभएका कारण समयावधि थपका लागि सरकारलाई औपचारिक रुपमा पत्र पठाएका छैनन् । सरकारले अध्यादेशमार्फत दुवै आयोगको एक वर्ष समय थप्न सकिने गरी कानून संशोधन गरे पनि सर्वोच्च अदालतले २०७१ फागुन १४ गते जारी गरेको आदेशानुसार ऐन संशोधन नगरी समयावधि मात्र थप्नाक...
विद्युत् नियमन आयोग गठनका लागि अर्थ मन्त्रालयद्वारा स्वीकृति

विद्युत् नियमन आयोग गठनका लागि अर्थ मन्त्रालयद्वारा स्वीकृति

काठमाडौँ, १६ माघ ।  चर्चामा आएको १६ वर्षपछि सरकारले विद्युत् नियमन आयोग गठनको प्रक्रिया अगाडि बढाएको छ । ‘विद्युत् नियमन आयोग ऐन २०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले तयार पारेको आयोग गठन सम्बन्धी नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेपछि आयोग गठनको प्रक्रिया शुरु भएको हो । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार आइतबार अर्थ मन्त्रालयले आयोगको नियम...
जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान

जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान

काठमाडौँ, १६ माघ।  नेपाली काँग्रेसका नेताहरुले जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान चाएका छन् । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्राराम्भ गरेका हुन् । सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने (बटुवा)क...
वृद्ध भत्ताका लागि मन्त्रालयको निर्देशन कुर्दै विभाग

वृद्ध भत्ताका लागि मन्त्रालयको निर्देशन कुर्दै विभाग

काठमाडौँ, १६ माघ । केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको छ । सरकारले यही माघ १० गतेमात्र ६५ वर्ष पुगेको वृद्ध–वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । यसअघि सरकारले ७० वर्ष पुगेकालाई मात्र सो भत्ता दिँदै आएको थियो । विभागका सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत...
बुधबार १५२ वर्षपछिको खगोलीय घटना

बुधबार १५२ वर्षपछिको खगोलीय घटना

काठमाडौँ, १६ माघ ।  माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौत...
डेढ दर्जन क्लिनिक गैरकानुनी रुपमा सञ्चालित

डेढ दर्जन क्लिनिक गैरकानुनी रुपमा सञ्चालित

गाईघाट, उदयपुर, १६ माघ ।  कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् । गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीयवासी शम्भुप्रसाद दाहालले बताउनुभयो ।...
भारतमा ८ महिने शिशु बलात्कृत

भारतमा ८ महिने शिशु बलात्कृत

काठमाडौं, १६ माघ । भारतमा मात्र ८ महिनाको शिशु बलात्कृत भएकी छन् । पीडित शिशुको अवस्था गम्भीर छ भने उनको काकाको छोरालाई पक्राउ गरेको छ । उनको यौनाङ्गमा चोट लागेको छ र अहिले सर्जरी गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘अवस्था गम्भीर रहेको डाक्टरले बताएका छन् ।’ यो घटना उत्तर पश्चिम दिल्लीको सकुर बस्तीको हो । प्रहरीका अनुसार आइतबार विहान पीडितकी आमाबाबु सानी नानील...
युवती चार दिनदेखि बेपत्ता

युवती चार दिनदेखि बेपत्ता

इलाम, १६ माघ । सूर्याेदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन् । नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताउनुभयो । धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले...
error: Content is protected !!