उपराष्ट्रपति पुनको शपथ ग्रहण आज

उपराष्ट्रपति पुनको शपथ ग्रहण आज

काठमाडौं,५ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि आइतबार निर्वाचित भएका पुनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । शपथ सोमबार अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा हुँदैछ । पुनका प्रेस संयोजक मनोज घर्तीले अपराह्न ४ बजे उपराष्ट्रपतिले शपथग्रहण गर्ने समय तय भएको जानका...
रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

रोल्पाका ५० प्रतिशत महिला घरमै बच्चा जन्माउँछन्

रोल्पा, ५ चैत। मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । गर्भवतीले चार पटक गर्भ जाँच गराउनुपर्नेमा ९० प्रतिशत महिलाले पहिलो जाँच र ४४ प्रतिशत महिलाले मात्र अन्तिम जाँच गराउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । चार पटकसम्म नियमित गर्भ जाँच नगराउने आम...
सीमा नाकाबाट ६ चेलीको उद्धार

सीमा नाकाबाट ६ चेलीको उद्धार

जितपुर, कपिलवस्तु, ५ चैत।  राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ । विदेशमा राम्रो जागिर खाने प्रलोभनमा परेर अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका ती युवतीलाई प्रहरीले उद्धार गरेको हो । सुराकीका आधारमा सीमा नाकाबाट कपिलवस्तुकै दुई र अन्य विभिन्न जि...
नगरपालिकाकै बासिन्दा महाकालीको पानी पिउन बाध्य

नगरपालिकाकै बासिन्दा महाकालीको पानी पिउन बाध्य

बैतडी, ५ चैत। बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।” तिरखडेनीका करीव ५० घरपरिवारले खानेपानीको चरम समस्या...
नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

पोखरा, ५ चैत।  नेपाली लोकसाहित्य समाजबाटै हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा पोखरामा आयोजित दुईदिने नेपाली लोक साहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी आइतबार यहाँ सम्पन्न भयो । समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने काम गर्ने भए पनि पछिल्लो समयमा लोप हुँदै गएको वास्तविक...
रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को, ५ चैत ।  रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उहाँको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उहाँका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो । विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उहाँले पुन रुसको राष्ट्रपतिमा जित हासिल गर्नुभएको विश्वका सञ्चारमाध्यमहरुले समाचार प्र...
ट्र्याक्टरले किचेर चालकको मृत्यु

ट्र्याक्टरले किचेर चालकको मृत्यु

उर्लाबारी, मोरङ, ५ चैत । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबार...
पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

गाईघाट, उदयपुर, ५ चैत । प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले रु नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य शुरु गरेको बेलका नगरपालिकाका प्रमुख...
बहिर्गमनकोे निर्णयले बेलायत कमजोर: ब्लेयर

बहिर्गमनकोे निर्णयले बेलायत कमजोर: ब्लेयर

दुबई, ४ चैत। यूरोपेली संघ (इयू)बाट हुने बहिर्गमनको निर्णयले बेलायतको स्थानलाई विश्वस्तरमा आर्थिक तथा राजनीतिक रूपमा कमजोर बनाएको पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले आइतबार दुबइमा भएको एक कार्यक्रममा बताउनुभएको छ । ‘विश्व शिक्षा तथा सिपका लागि छलफल २०१८’ नामक भेलाको दोस्रो दिनको छलफल कार्यक्रममा बोल्दै ब्लेयरले भन्नुभयो, “इयूबाट बाहिरिने निर्णयले बेलायतको सानमा पक्कै पनि आँच आएको छ ।” विश्व भूर...
फ्रान्सले क्रिमियामा भएको ‘रसियाली मतदानलाई’ मान्यता नदिने

फ्रान्सले क्रिमियामा भएको ‘रसियाली मतदानलाई’ मान्यता नदिने

पेरिस, फ्रान्स, ४ चैत । फ्रान्सले आइतबार क्रिमियाली प्रायद्वीपमा रसियाली राष्ट्रपतिका लागि भएको मतदानलाई मान्यता नदिने बताएको छ । रसियाले चार बर्ष पहिले क्रिमियालाई यूक्रेनबाट लिई आफ्नो भूभागमा जोडेपनि यसलाई पश्चिमी मुलुकहरूले गैरकानूनी भनेका थिए । फ्रान्सको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी भनेको छ, “ रसियाली महासंघको प्रतिवद्धताका बाबजुद सीमामा बलको चुनौति दिइनु अन्तर्राष्ट्रिय का...
कुशल सैन्य कमाण्डरदेखि उपराष्ट्रपतिसम्म…

कुशल सैन्य कमाण्डरदेखि उपराष्ट्रपतिसम्म…

काठमाडौँ, ४ चैत ।  दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका नन्दबहादुर पुन नन्दकिशोर पुन ‘पासाङ’ को नामले परिचित हुनुहुन्छ । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा ‘पासाङ’को नामले परिचित पुन २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्व मनसरा पुन बुबा रामसुर पुनको माइलो सुपुत्रका रुपमा जन्मनु भएको हो । किसान परिवारका रामसुरलाई छोरा पढाउन निकै समस्या थियो । एकातिर धेरै सन्तान अर...
राष्ट्रपतिसमक्ष उपराष्ट्रपतिको निर्वाचन प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष उपराष्ट्रपतिको निर्वाचन प्रतिवेदन प्रस्तुत

काठमाडौ ४ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी प्रतिवेदन आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन आज साँझ बुझाएको हो । निर्वाचन ऐनमा उपराष्ट्रपति पदको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने व्यवस्था रहेअनुरुप आज सम्पन्न निर्वाचनको प्रत...
उदयपुरमा ‘दारी ग्याङ’ स्थापना, दारि नभएकालाई पनि संलग्न गराईने

उदयपुरमा ‘दारी ग्याङ’ स्थापना, दारि नभएकालाई पनि संलग्न गराईने

उदयपुर, ४ चैत । देशका युवाहरुप्रति सामाजिक उतरदायित्व अभिबृद्धि गराउने उद्देश्यले ‘दारी ग्याङ नेपाल’ स्थापना भएको छ । केन्द्रिय संस्थापक सदस्यद्वोय जगदिश भण्डारी तथा बिक्रम आदित्य लामिछानेको उपस्थितीमा माधव बाँनीयाको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ जिल्ला कमिटि गठन भएको हो । समिति उपाध्यक्ष योगराज सुबेदी रहेका छन् भने सचिवको जिम्मेवारी रोशन श्रेष्ठलाई तोकिएको छ । नवगठित समितिले तत्काल स्थानीय सामा...
उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान

उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान

काठमाडौँ, ४ चैत ।  निर्वाचन आयोगले उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका नन्दबहादुर पुनलाई प्रमाणपत्र प्रदान गरेको छ । उपराष्ट्रपतिको कार्यालयमा आज साँझ आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका पुनलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । सो समारोहमा आयोगका आयुक्त, सचिव तथा कर्मचारीको उपस्थिति रहेको थियो । ‘निर्वाचन वर्ष’ कुशलतापूवर्क सम्...
धनकुटामा आनन्द सन्तोषीको पुस्तक लोकार्पण

धनकुटामा आनन्द सन्तोषीको पुस्तक लोकार्पण

धनकुटा ४ चैत । आनन्द सन्तोषी राईद्वारा लिखित जनतन्त्रको १० औ संस्करणको पुस्तक लोकापर्ण गरिएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य र नेपाल बार एसोसिएसन धनकुटाका अध्यक्षसमेत रहेका राईको पुस्तक लोकार्पण गरिएको हो । धनकुटाको सुरभी होटलमा एक कार्यक्रम गरी पुस्तकको लोकापर्ण गरिएको छ । संविधान सभाका पूर्व माननीय दुर्गा लिङखाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख ...
सोनीले जितिन पूर्वाञ्चल गट ट्यालेन्टको उपाधी

सोनीले जितिन पूर्वाञ्चल गट ट्यालेन्टको उपाधी

धनकुटा, ५ चैत । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित पूर्वाञ्चल 'गट ट्यालेन्ट' को उपाधि मोरङकी सोनी गुरुङले जितेकी छन्। धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भएको अन्तिम प्रतिस्पर्धामा शीर्ष १२ जनालाई उछिन्दै मोरङकी गुरुङले उपाधि चुमेकी हुन्। उत्कृष्ट १२ बाट विजेता छनोटका लागि एसएमएस, फेसबुक र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट छनोट गरिएको थियो। जसबाट ८९ दशमलव ५४ प्रतिशत अंक प्राप्त गर्दै गुरु...
पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना

पूर्व गृहमन्त्री खड्का सवार गाडी दुर्घटना

सुर्खेत, ४ चैत। पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको खड्का सवार बा १५ च ८३५४ नम्बरको गाडी आइतबार अपराह्न रत्न राजमार्गअन्तर्गत मसिना भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घ...
संविधान विश्वकै उत्कृष्ट छ: पूर्व प्रम खनाल

संविधान विश्वकै उत्कृष्ट छ: पूर्व प्रम खनाल

मंगलबारे, इलाम, ४ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देश अब संविधान कार्यान्वयनमा अघि बढिसकेको बताउनुभएको छ । नेकपा एमाले इलामको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा उहाँले तीन तहको निर्वाचन र देशले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्री नयाँ संविधानअनुसार पाइसकेकाले देश संविधान कार्यान्वयनको चरणमा गएको बताउनुभएको हो । “दश वर्ष लगाएर बनाइ...
हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

लस्करगाह, अफगानिस्तान, ४ चैत । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ । “सुरक्षा फौजले तालिबान लडाकूहरुलाई लक्षितगरी युद्धक विमानबाट आक्रमण गरेको थियो,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ, । हेल्मण...
१६ हजारलाई सीपमूलक तालीम दिइने

१६ हजारलाई सीपमूलक तालीम दिइने

काठमाडौँ, ४ चैत ।  सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालीम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताउनुभयो । उपत्य...
सरकारसँग एक महिलाको गुहार

सरकारसँग एक महिलाको गुहार

सुर्खेत, ४ चैत । बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै हुनुहन्थ्यो । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उहाँलाई नानीहरुले बिहानको खाना मागिरहेका थिए तर भन्ने बित्तिकै दिनसक्ने खाना रहेनछ, उहाँकामा । एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरुलाई हिजो बेलुका बचेखु...
राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ, ४ चैत।  राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्...
नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप

नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप

काठमाडौँ, ४ चैत ।  नेकपा (एमाले)का नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले यहाँ ‘शान्ति, स्थिरता र विकास बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उहाँले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताउनुभयो । पूर्वसभामुख नेम्...
कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

सुर्खेत, ४ चैत।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा ...
निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

चितवन, ४ चैत ।  चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलक...
प्रदेशसभा सदस्य गुरुङको देशविदेशमा खोजी

प्रदेशसभा सदस्य गुरुङको देशविदेशमा खोजी

काठमाडौँ, ४ चैत ।  नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान शुरु गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिनुभयो । गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार...
श्रीलंकामा संकटकाल हट्यो

श्रीलंकामा संकटकाल हट्यो

कोलम्बो, ४ चैत । बौद्ध र मुस्लिम धर्मावलम्बीबीच द्वन्द्व शुरु भएपछि गत मार्च ६ तारिखदेखि श्रीलंकामा लगाइएको संकटकाल हटेको छ । श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले आइतबार राष्ट्रव्यापी संकटकाल हटाइएको जानकारी दिएका हुन् । ‘सार्वजनिक सुरक्षास्थितिको मूल्यांकनपछि मैले मध्यरातदेखि संकटकाल हटाउने निर्देशन दिएको छु,’ सिरिसेनाले आफ्नो ट्वीटरमा लेखेका छन् । क्यान्डीमा बौद्ध र मुस्लिम धर्मावलम्बी...
रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटौंँडामा

रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटौंँडामा

हेटौँंडा, ४ चैत । पहिलो पटक हेटौँंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने भएकाले जनशक्ति कम ल...
रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुस, ४ चैत । रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् । रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु गरिएको छ । रुसको भूभाग निकै ठूलो रहेको र यसका कारण यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अरु कैयौँ क्षेत्रका मतदाताले भने मतदानका लागि घन्टौँ कुर्नुपर्ने हुन्छ । निर्वाचन अधिकारीहरुले जन...
बालबचतमा राउटे बालबालिका

बालबचतमा राउटे बालबालिका

डडेल्धुरा ४, चैत ।  जिल्लाको परशुराम नगरापलिकामा रहेका राउटे बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । राउटेहरुको आर्थिक विकासका लागि नेपाल सरकारले दिने प्रतिव्यक्ति रु दुई हजार सामाजिक सुरक्षा भत्तामध्ये केही रुपैया यहाँस्थित सबै भन्दा ठूलो ‘शीर्ष साना शहकारी’ मा यहाँका ३६...
जेठाजुबाट बुहारीलाई मिर्गौला दान

जेठाजुबाट बुहारीलाई मिर्गौला दान

काँकडभिट्टा, ४ चैत । झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडौँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ । दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल जानुभएको थियो । उपचारक...
error: Content is protected !!