यूएस बंगला विमान दुर्घटनामा परेका घाईतेका लागि नोबेलमा रक्तदान
विराटनगर, ५ चैत । गत साता काठमाण्डौंमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । घाईतेहरुको उपचारकालागि आवश्यक रगत जुटाउँन साताब्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालले जनाएको छ ।
गत बिहीबारबाट सुरु भएको रक्तदान कार्यक्रम आगामी बुधबारसम्म चल्नेछ । बिरामीको उपचारमा सहयोगका लागि दैनिक रक्तदान भईरह...





























