काठमाडौँ, १९ वैशाख ।  माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ ।

Advertisement

भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो ।

सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधानका लागि वार्ता गर्न नेपाल सकारसँग माग गरेका  छन् ।

तत्कालीन माओवादीका पूर्व जनमुक्ति सेना सम्मिलित उक्त पार्टी हालै गठन गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!