दाङ, १९ वैशाख । तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका लागि भनेर वडाले बाख्रा वितरण गरेको वडाध्यक्ष बालकृष्ण रानाले बताए ।

Advertisement

मंगलबार तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ३४ जना अपांगलाई बाख्रा वितरण गरेका हुन् । पाण्डेले विपन्न वर्गलाई लक्षित गरेर आधुनिक र उन्नत जातका बोकासमेत उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले पहिलो चरणमा अपांगता परिचयपत्र पाएकालाई मात्र बाख्रा वितरण गरिने समेत बताए ।

कार्यक्रमका नगर अपांग सञ्जालका संयोजक दोलकबहादुर खत्रीले आफूहरुलाई आयआर्जनका लागि बाख्रा वितरण गरेकोमा खुशी व्यक्त गरे । आफू अपांग भएपनि बाख्राको पालनपोषणमा कुनै कमी हुन नदिने उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!