रोल्पाका १ सय २१ विद्यार्थी एसईईवाट वञ्चित

रोल्पाका १ सय २१ विद्यार्थी एसईईवाट वञ्चित

रोल्पा, ४ चैत।  परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ । शिक्षा नियमावलीअनुसार विद्यार्...
अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

हेलसिन्की, ४ चैत ।  संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो । सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन...
छुट्टाछुट्टै आगलागीमा २० लाखको क्षति

छुट्टाछुट्टै आगलागीमा २० लाखको क्षति

राजविराज, ४ चैत ।  सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरको तल्लो तलामा रहेको पसलमा राखिएको प्लास्टिक, हार...
प्रथम खोटाङ आइडल बने तेजकुमार

प्रथम खोटाङ आइडल बने तेजकुमार

खोटाङ, ४ चैत । सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन् । आइडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनक...
तरुण दलले सातै प्रदेशमा भेला गर्ने

तरुण दलले सातै प्रदेशमा भेला गर्ने

काठमाडौँ, ४ चैत।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो । दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । प्रशि...
सुनसरीको मधुवनमा भिषण आगलागी

सुनसरीको मधुवनमा भिषण आगलागी

इटहरी, ४ चैत ।  सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उहाँको भनाइ र...
मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

मंगलबारे, इलाम, ४ चैत । इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयमा दुवैतर्फबाट तीन/तीन गोल गर्दै बराबरी गरेपछि ट्राइवेकरका आधारमा नतिजा लिइएको हो । उपाधिस...
लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

लमजुङमा टेलिमेडिसिन सेवा शुरु हुँदै

लमजुङ, ४ चैत ।  लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो । जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ...
अब घाँसको पनि बीमा !

अब घाँसको पनि बीमा !

काठमाडौं, ४ चैत। तरकारी बालीपछि बीमा समितिले घाँसेबाली बीमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बीमा योजना निर्माण गर्ने तयारी गरेको हो । समितिका अनुसार केही दिनमै यस्तो बीमालेख जारी हुनेछ । यस्तो बीमालेखअनुसार बीमा अवधिभित्र घाँसेबालीमा भएको हानी–नोक्सानीको उत्पादन मूल्यका आधारमा बीमा कम्पनीले क्षतिपूर्ति भुक्तान...
प्रतिपक्ष रणनीति माओवादी फकाउने, एमाले एक्ल्याउने

प्रतिपक्ष रणनीति माओवादी फकाउने, एमाले एक्ल्याउने

काठमाडौं, ४ चैत। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने समर्थन गर्दै आएको छ । गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन तथा राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदव...
बोक्सी आरोपमा निर्घात कुटिएकी राधा बोक्सी प्रथाविरुद्ध

बोक्सी आरोपमा निर्घात कुटिएकी राधा बोक्सी प्रथाविरुद्ध

काठमाडौं, ४ चैत । बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरी बोक्सी प्रथाविरुद्ध लागेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीका नाममा झन्डै ६ घण्टा कुटाइमा परेकी कैलाली घोडाघोडी नगरपालिका–५ देवकलियाकी १८ वर्षीया राधा शुक्रबार आफू कुटिएको गाउँमा पुगेर बोक्सी प्रथाविरुद्धको अभियानमा लागेकी हुन् । ‘अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीको नाममा झण्डै ६ घण्टा कुटाइमा पर...
स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

काठमाडौं, ४ चैत । नयाँ पत्रिका दैनिकले ‘कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने तयारी’ शीर्षकको मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कर्मचारीलाई अवकाशमा होइन, काममा पठाउने हो’ भनेको र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि स्वैच्छिक अवकाशको विपक्षमा रहेको समाचारमा लेखिएको छ । समाचारमा लेखिएको छ, ‘सेवाअवधि सकिन लागेका धेरै कर्मचारी यो प्याकेजमा आकर्षित भएपछि वर्तमान सरकारले प्याके...
व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

व्यापार घाटा ६ खर्ब, गत वर्षभन्दा १८ प्रतिशत वृद्धि

काठमाडौं, ४ चैत।  दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार रुपैयाँको मात्रै भएको छ । निर्यात १३ प्रतिशतले वृद्धि भएको छ भने आयात ...
एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

काठमाडौं, ४ चैत केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ । प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लस्टरका आधारमा प्रश्नपत्र छापिएका छन् । चैत ८ देखि १८ गतेसम्म सञ्चालन हुने परीक्ष...
प्रधानमन्त्री ओलीसँग फोरम सशंकित

प्रधानमन्त्री ओलीसँग फोरम सशंकित

काठमाडौं, ४ चैत। फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे । बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरि...
२०७४ चैत ४ गते आइतबारको राशिफल

२०७४ चैत ४ गते आइतबारको राशिफल

वि.सं. २०७४ साल चैत ४ गते। आइतबार। इश्वी सन् २०१८ मार्च १८ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– प्रतिपदा, १८:३५ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्क...
नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित

नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित

काठमाडौँं, ३ चैत । विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दिप लामिछानेले १४ रन जोड्नुबाहेक अन्य पाँच खेलाडीले दोहोरो अंकस...
तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टारलाई

तिलोत्तमा गोल्डकपको उपाधि थ्री स्टारलाई

बुटवल, ३ चैत ।  बुटवलमा सञ्चालित २० औँ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले हात पारेको छ । बुटवलस्थित एन्फा एकेडेमी फुटबल मैदानमा आज भएको अन्तिम खेलमा चार पटकसम्म तिलोत्तमा गोल्डकपको उपाधि जितेको विभागीय टोली नेपाल प्रहरीलाई २–० ले पराजित गर्दै थ्रीस्टार उपाधि जितेको हो । थ्री स्टारले उपाधिसँगै रु सात लाख ७७ हजार ७७७ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा चि...
आगामी वैशाख ९ गते एकीकृत पार्टीको घोषणाः उपाध्यक्ष गौतम

आगामी वैशाख ९ गते एकीकृत पार्टीको घोषणाः उपाध्यक्ष गौतम

काठमाडौँ, ३ चैत । नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उहाँले बताउनुभयो । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ...
नेदरल्यान्ड्सद्वारा नेपालसामु १९० रनको लक्ष्य

नेदरल्यान्ड्सद्वारा नेपालसामु १९० रनको लक्ष्य

काठमाडौँं, ३ चैत। विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनायो । नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने ललितनारायण राजवंशी र सन्दिप लामिछानेले समान दुई/दुई र शक्ति गौचनले एक विकेट लिए । एकदिवसीय मान्यता पाइसकेको नेपालका ला...
बेलहाराका आगलागी पीडितलाई सहयोग

बेलहाराका आगलागी पीडितलाई सहयोग

धनकुटा, २ चैत । धनकुटा नगरपालिका–९ माहाङ्गका आगलागी पीडितलाई देउराली माविमा रहेको जुनियर रेडक्रस सर्कलले नगदसहित खाद्यान्न सामाग्री प्रदान गरेको छ । जुनियर रेडक्रस सर्कलको अगुवाई तथा शिक्षक र विद्यार्थीहरुको सक्रियतामा संकलन गरिएको राहत सामाग्री अग्नी पीडितलाई प्रदान गरिएको हो । संकलन भएको २८ हजार ९ सय ५ रुपैयासहित २ सय ५० केजी चामल, तेल, दाल, नुन, आलु लगायत सामाग्री आगलागी पीडितलाई प्रदान गरिएको...
लोपोन्मुख नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

लोपोन्मुख नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

पोखरा, २ चैत ।  नेपाली लोकसाहित्य समाजबाटै हराउदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागले यसबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्ने भएको छ। समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने भए पनि पछिल्लो समयमा यस्ता साहित्य लोप हुँदैगएका कारण अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको हो। यही चैत ३...
तीन नम्बर प्रदेशमा स्थानीय जनप्रतिनिधिको तलब निर्धारण

तीन नम्बर प्रदेशमा स्थानीय जनप्रतिनिधिको तलब निर्धारण

हेटौँडा, २ चैत ।  प्रदेश नं ३ को  सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए । प्रदेश नं ३ का सरकारले महानग...
काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा हुने

त्रिशूली, नुवाकोट, २ चैत ।  नेपाली काँगे्रस जिल्ला कार्यसमितिका कोषाध्यक्षको राष्ट्रिय सम्मेलन चैत ७ गते नुवाकोटमा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा ७५ जिल्लाका कोषाध्यक्ष र केन्द्रीय नेताको सहभागिता रहने काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिए । सम्मेलनको उद्घाटन काँग्रेसका केन्द्रीय सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको ...
सुत्केरी र बृद्धबृद्धाले थप एक हजार भत्ता पाउने

सुत्केरी र बृद्धबृद्धाले थप एक हजार भत्ता पाउने

तेह्रथुम, २ चैत । मेन्छ्यायेम गाउँपालिकाले स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई प्रोत्साहन तथा यातायात खर्च थप गरेको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहनस्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने मोराहाङका महिलालाई थप रु एक हजार तथ...
मन्त्रिपरिषद् विस्तार हुँदै, ४ बजे सपथको तयारी

मन्त्रिपरिषद् विस्तार हुँदै, ४ बजे सपथको तयारी

काठमाडौँ, २ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै हुनुहुन्छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयले आज अपरान्ह् ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)...
धरहरा पुनःनिर्माणका लागि छलफल शुरु

धरहरा पुनःनिर्माणका लागि छलफल शुरु

काठमाडौँ, २ चैत ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त...
मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा

मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा

काठमाडौँ, २ चैत ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो । जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँचांैपटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् ।...
पुनःस्थापनाको प्रयास हुँदै आएपनि घटेन सडक बालबालिका

पुनःस्थापनाको प्रयास हुँदै आएपनि घटेन सडक बालबालिका

सुरुङ्गा, झापा, २ चैत । झापाका मुख्य बजारका सडकमा गाँस, बास र कपासको खोजीमा भौतारिने ५०–६० जना जति बालबालिका छन् । विभिन्न उमेर समूहका भए पनि उनीहरुको मुख्य काम मागेर खानु हो । माग्दा नपाइए चोरी गर्नु उनीहरुका लागि कुनै नौलो कुरा होइन । उनीहरु के खान्छन् ? कसरी खान्छन् ? के लगाउँछन् ? के ओढ्छन् ? कहाँ सुत्छन् ? अनि कहाँबाट आए यत्तिका धेरै बालबालिका ? त्यसको कसैलाई चासो छैन । सडक बालबालिकाका रुप...
घरबासमार्फत समृद्धि खोज्दै हिमालपारिको ताचै गाउँ

घरबासमार्फत समृद्धि खोज्दै हिमालपारिको ताचै गाउँ

पोखरा, २ चैत । हिमालपारिको जिल्ला मनाङको नासौँ गाउँपालिका–८ स्थित ताचै गाउँमा होमस्टे (घरबास) कार्यक्रमका माध्यमबाट आर्थिक समृद्धितर्फ लम्कने तयारी गरिएको छ । समुद्री सतहबाट लगभग दुई हजार ३०० मिटरको उचाइमा अवस्थित रमणीय ताचै गाउँमा घरबास सञ्चालन गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी त्यहाँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले तयारी थालेका हुन् । “गाउँका कूल ६२ वटा घरमध्ये पहिलो चरणमा २...
दुई महिलालाई मानव बेचबिखन मुद्दा

दुई महिलालाई मानव बेचबिखन मुद्दा

सुरुङ्गा, झापा, २ चैत।  महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ । विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्त...
error: Content is protected !!