अछाम, १९ वैशाख। अछाममा एक प्रेमीले गर्भवती प्रेमिकाको हत्या गरेका छन्। जिल्लाको पञ्चदेवल नगरपालिका– ९ भानाकोटका तिलक बटालाले प्रेमिका १६ वर्षीया उर्मिला टमट्टाको हत्या गरेका हुन्।

Advertisement

लामो समयदेखि यौनसम्बन्ध राख्दै आएका तिलकले उर्मिलालाई गर्भपतन गर्न दबाब दिएका थिए। उर्मिलाले गर्भपतन गर्न  मानेकी थिइनन्। बिहे गर्ने भन्दै यही वैशाख १५ गते साँझ तिलकले उर्मिलालाई भगाएका थिए।

उनले घर नजिकैको  जंगलमा रहेको गोठमा लगी मंगलबार बिहान  हत्या गरेको प्रहरीले जनाएको छ।  तिलकले हत्यापछि शव गोठमा लुकाएर राखेका थिए। पछि भिरबाट लडेको भन्दै परिवारलाई शव देखाएको उर्मिलाका दाजु नवराज टमट्टाले जानकारी दिए।

अछामको चिल्तडामा रहेको प्रहरी चौकीले उर्मिलाको शव बरामद गरी तिलकलाई म‌ंगलबार नै पक्राउ गरेको छ। शव पोष्टमार्टमका लागि अछामको सदरमुकाम मंगलसेन लगिएको छ। उर्मिलाले कालीकोटको नन्दादेवी उच्च मावि कोटवाडामा भर्खरै एसईई दिएकी थिइन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!