संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

काठमाडौँ, १४ जेठ । संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्...
शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

वासिङ्टन, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्...
केरुङ–काठमाडौँ  रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

केरुङ–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

नुवाकोट, १४ जेठ ।  चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । “काठमाडौँबाट शुरु भएको अध्ययन केरुङसम्म पुगेर फर्...
नोबेलमा गरियो मुटुरोगको दुर्लभ उपचार (भिडियो रिपोर्टसहित)

नोबेलमा गरियो मुटुरोगको दुर्लभ उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, १४ जेठ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले मुटुरोगको दुर्लभ मानिने उपचार सफलतापूर्वक गरेको छ । मुटुको अत्याधिक चाल बढेर उपचारका लागि नोबेल आएका मोरङ मधुमाराका पीआर आचार्यको छातिमा आईसीडी राखेर मुटुको चाल सामान्य बनाईएको हो । वेलावेला मुटुको चाल अत्याधिक बढेर बिरामीको ज्यानै जानसक्ने खतरा भएपछि मुटुको चाल नियन्त्रण गर्न बिषेश प्रकारको डिभाईस (आईसीडी) राख्ने गरिन्छ । जुन ...
सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

काठमाडौँ, १४ जेठ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको रु २२ लाख शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते रु २२ लाख शुल्क तोक्नेसम्बन्धी गरेको निर्णयविरुद्ध युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि र मेडिकल कलेज टिचिङ हस्...
किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

पाँचथर, १४ जेठ । पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो । उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए । जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन् । एक विपन्न परिवारको किशोरीलाई गर्भव...
अर्जुनधारामा दीर्घरोगको उपचार निःशुल्क

अर्जुनधारामा दीर्घरोगको उपचार निःशुल्क

सुरुङ्गा, झापा, १४ जेठ । सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ गर्नुभयो । दीर्घरोगको निःशुल्क उपचारका लागि प...
दिनदिनै लिच्ची खाँदा हुन्छन् यी सात फाइदा !

दिनदिनै लिच्ची खाँदा हुन्छन् यी सात फाइदा !

काठमाडौं । लिच्ची गर्मीमा पाइने फल हो । यो खाँदा स्वादिलो त हुन्छ नै, स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, आइरन र मिनरलहरू पाइन्छन् । गर्मीमा दिनदिनै लिच्ची खाँदा अनेकौं समस्या भाग्छन् । यहा हामी तपाइलाई लिच्चीका  फाइदाहरुको बारेमा जानकारी गराउछौ : बलियो रोगप्रतिरोधात्मक क्षमता लिच्चीमा बिटा...
यस्तो शहर जहाँ २० मिनेटका लागि भाडामा पाइन्छ प्रेमिका

यस्तो शहर जहाँ २० मिनेटका लागि भाडामा पाइन्छ प्रेमिका

काठमाडौँ, १४ जेठ ।  एक्लोपन महसुस गर्दै आएका युवालाई लक्ष्य गरेर चीनको गुआङ्गडोङ प्राप्तको ह्युआन सहरमा भाडामा प्रेमिकाको सेवा सुरु गरिएको छ। ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन्। पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन् । द सनकाअनुसार भाडामा प्रेमिका बनाउनका लागि सुरुमा कम्तीमा २० मिनेटको शुल्क तिर्नुप...
बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त घोषित

बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त घोषित

इटहरी, १४ जेठ । सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ । बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४ घरले चर्पी बनाएर प्रयोग गर्न थालेका छन् । त्यसैगरी ती क्षेत्रमा रहेका विभिन्न विद्यालय र स्थानीयले चर्पी प्रयोग गर्न थालेपछि उक्त नगरपालिकाले आइतबार एक कार्यक्र...
बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, १४ जेठ । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर...
करिब १६ खर्बको बजेट ल्याउँदै सरकार

करिब १६ खर्बको बजेट ल्याउँदै सरकार

काठमाडौँ, १४ जेठ । मुलुकको अर्थतन्त्रको आकार तीन खर्ब ६४ अर्ब रुपैयाँ बढेर यो वर्ष ३० खर्ब सात अर्ब २४ करोड रुपैयाँ पुग्ने भएको छ। चालू आर्थिक वर्षको आठ महिनाको उपलब्ध तथ्याङ्क र बाँकी चार महिनाको अनुमानका अधारमा अर्थतन्त्रको आकार ३० अर्ब नाघ्ने देखिएको हो। सरकारले सङ्घ, प्रदेश र र स्थानीय तहसेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दैछ। हालै बसेको स्रोत समितिको बैठकले सङ्घलाई १२ खर्ब र तल्ला दुई...
दुर्गममा नुन महँगो पार्ने तयारीमा सरकार

दुर्गममा नुन महँगो पार्ने तयारीमा सरकार

काठमाडौँ, १४ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ‘सुखी नेपाली समृद्ध नेपाल’ नारासहित अघिबढिरहे पनि दैनिक उपभोग्य वस्तुको भाउ भने बढिरहेको छ। सरकारले देशका अति दुर्गम तथा विकट क्षेत्रमा दैनिक उपभोग हुने नुन महँगो पार्ने तयारी गरेको छ। मुलुकमा राजनीतिक स्थितरताले जनताका न्यूनतम आधारभूत आवश्यकता सम्बोधन गर्ने अपेक्षा गरिएको बेला विकट क्षेत्रमा नुनको भाउ महँगो पर्ने भएको हो। प्रधान...
सेन वाटसनको उत्कृष्ट प्रदर्शनले चेन्नई आइपिएलको उपाधि चुम्न सफल

सेन वाटसनको उत्कृष्ट प्रदर्शनले चेन्नई आइपिएलको उपाधि चुम्न सफल

काठमाडौँ, १४ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ ।  वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८।३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । वाट्सन र सुरेश रैना...
प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

नुवाकोट, १४ जेठ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए । साँझ...
गम्भीर मानवअधिकार हननको दोषीमा पूर्वसेनापतिदेखि पूर्वमन्त्रीसम्म

गम्भीर मानवअधिकार हननको दोषीमा पूर्वसेनापतिदेखि पूर्वमन्त्रीसम्म

काठमाडौँ, १४ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले दसवर्षे सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानव अधिकारका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ। आयोगले ०५७ जेठदेखि वरेको उजुरीका आधारमा कारबाहीको सिफारिस गरेको थियो तर अहिलेसम्म कारबाहीको सिफारिस नगरेको भन्दै आयोगले उनीहरूको नाम कालोसूचीमा राखी सार्वजनिक गर्ने तयारी गरेको छ। भैरवनाथ गणबाट ४९ बन्दी बेपत्ता प्रकरणमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापास...
विद्यार्थी फेल भए शिक्षकलाई सजाय

विद्यार्थी फेल भए शिक्षकलाई सजाय

काठमाडौँ, १४ जेठ । काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भए शिक्षकको तलब वृद्धि रोकिने प्रावधानसहितको शिक्षा नियमावली २०७४ कायौन्वयनमा ल्याएको छ। राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको हो। नियमावलीमा कुनै पनि शिक्षकले अध्यापन गरेको विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए त्यस्ता शिक्षकक...
प्रदेश २ मा नेकपाको समर्थन फिर्ता

प्रदेश २ मा नेकपाको समर्थन फिर्ता

काठमाडौँ, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन आईतबार फिर्ता लिई संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ । नेकपाले यसअघि समर्थन पदेशसभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो । संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुप्मा तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए । एमाले र माओवादी दु...
२०७५ जेठ १४ गते सोमबार/आजको राशिफल

२०७५ जेठ १४ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ १४ गते। सोमबार। इश्वी सन् २०१८ मे २८ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्दशी, १८:३४ बजेउप्रान्त पूर्णिमा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार ...
अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

काठमाडौँ, १३ जेठ । स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले संघीय संसद्मा पेश भएको सरकारको ...
प्रेस युनियन धनकुटाले मनायो स्थापना दिवस

प्रेस युनियन धनकुटाले मनायो स्थापना दिवस

धनकुटा, १३ जेठ । नेपाल प्रेस युनियन धनकुटाले आईतबार स्थापना दिवस मनाएको छ । युनियनका जिल्ला अध्यक्ष यानिन्द्र तिगेला लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेलले मुलुकलाई अधिनायकबाद लाद्न सरकार उद्धत भएकाले यसलाई रोक्न पत्रकार जगत अझ क्रियाशिल हुनुपर्ने बताए । त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले पत्रकार तथा प्रेस जगत...
इजिप्टको अदालतद्वारा यूट्यूवमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश

इजिप्टको अदालतद्वारा यूट्यूवमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश

काएरो, इजिप्ट, १३ जेठ । इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ । अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ । मोहम्मद हमिद सालेम नामक एक वकीलले यूट्यूबविरुद्ध निजी लगानीमा क्यालिफोर्नियामा निर्मित १३ मिनेट लामो भिडियोमार्फत सन् २०१२ मा इजिप्ट र अन्य इस्ल...
झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

भक्तपुर, १३ जेठ । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आज पक्राउ गरेको छ । प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । गत वैशाख १० गते...
असारसम्म स्थानीय तहमा सबै कर्मचारी खटिसक्ने

असारसम्म स्थानीय तहमा सबै कर्मचारी खटिसक्ने

काठमाडौँ, १३ जेठ । सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने भएको छ । अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी सोको आधारमा मन्त्रिपरिषद्को बैठकले करिव ५७ हजार...
गोरे पुर्पक्षका लागि कारागार चलान

गोरे पुर्पक्षका लागि कारागार चलान

विराटनगर, १३ जेठ । सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार पठाइएको हो । गत बुधबारदेखि शुरु भएको बयान आजसम्म अर्थात चारदिनमा ग...
धनकुटामा यस्तो देखियो ढाका कपडा फेसन सो (भिडियोसहित)

धनकुटामा यस्तो देखियो ढाका कपडा फेसन सो (भिडियोसहित)

धनकुटा, १३ जेठ । धनकुटाको सामुदायिक भवनमा ढाका कपडा फेसन सो तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइसिस इटरनेशनल पोखराको सहयोग र स्टेप धनकुटाको संयोजनमा छथरे ढाका उद्योग धरानले कार्यक्रम आयोजना गरेको हो । फेसन सो हेर्न सामुदायिक भवनमा खचाखच दर्शक थिए । फेसन सोमा नयाँ मोडलका लागि विशेष प्राथमिकता दिईएको हुनाले धनकुटाका १३ र बाहिरी जिल्लाका ९ जना सोमा सहभागि थिए । मिसन मुस्कान धनकुटाका अध्...
आमाले सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नहुने घटना बढ्दै

आमाले सन्तानका बाबु भनेका पुरुष बाबु प्रमाणित नहुने घटना बढ्दै

ललितपुर, १३ जेठ । पछिल्लो समयमा आमाले सन्तानका बारेमा झुट बोल्दैनन् भन्ने पुस्तौंदेखिको सोचाइ गलत प्रमाणित भएको देखिएकोे छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु नभएको प्रमाणित भइरहेको छ । प्रयोगशालामा आउने मुद्दामध्ये आधामा दाबी गरिएका व्यक्ति बाबु प्रमाणित नभएको प्रयोगशाला प्रमुख जीवनप्रसाद रिजाल बताउनुहुन्छ । महिलाले...
ढुङ्गेललाई आममाफी दिने विरुद्धको मुद्दाको सुनुवाइ सोमबार

ढुङ्गेललाई आममाफी दिने विरुद्धको मुद्दाको सुनुवाइ सोमबार

काठमाडौँ, १३ जेठ । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश चोलेन्द्र शम्शेर राणा र हरिकृष्ण कार्कीको संंयुक्त इजलासमा आज सुनुवाइ तय भएपनि न्यायाधीश कार्कीले पीडितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले सो मुद्दामा फैसला गर्न नमिल्ने उल्लेख गरेपछि मुद्दामाथि...
अपहरणको एक दिनपछि छ महिलाको शव भेटियो

अपहरणको एक दिनपछि छ महिलाको शव भेटियो

मेक्सिको, १३ जेठ । मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ । तामौलिपास राज्यमा रहेको एउटा खाद्य उद्योगमा कार्यरत ती महिलालाई कार्यालय बाहिरबाट हतियारधारी व्यक्तिले गत शुक्रबार ती महिलालाई अपहरण गरेका थिए । महिलाहरुको शव उत्तरी राज्यको एक राजमार्ग क्षेत्रमा भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । मेक्सिकोको राज्यमा लागूऔषध लगायतका विभिन्न मुद्द...
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५/७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प...
धनकुटा कांग्रेसको सामुहिक राजिनामा फिर्ता

धनकुटा कांग्रेसको सामुहिक राजिनामा फिर्ता

धनकुटा, १३ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले धनकुटालाई अन्याय गरेको भन्दै कांग्रेस धनकुटाबाट दिईएको सामुहिक राजिनामा फिर्ता भएको छ । देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गर्दै प्रदेश–१ को अस्थायी राजधानी बिराटनगर तोकेको बिरोधमा कांग्रेस जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी र सक्रिय सदस्यले सामुहिक राजिनामा दिएका थिए । गत माघ ६ गते उन...
error: Content is protected !!