काठमाडौँ, १४ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले दसवर्षे सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानव अधिकारका दोषीको नाम कालोसूचीमा राख्ने भएको छ।

आयोगले ०५७ जेठदेखि वरेको उजुरीका आधारमा कारबाहीको सिफारिस गरेको थियो तर अहिलेसम्म कारबाहीको सिफारिस नगरेको भन्दै आयोगले उनीहरूको नाम कालोसूचीमा राखी सार्वजनिक गर्ने तयारी गरेको छ।

भैरवनाथ गणबाट ४९ बन्दी बेपत्ता प्रकरणमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारीलाई कारबाहीको सिफारिस गरिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

काभ्रे दाप्चाका अर्जुन लामाको हत्या प्रकरणमा पूर्वराज्यमन्त्री सूर्यमान दोङलाई समेत आयोगले कारबाही सिफारिस गरेको थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!