एजेन्सी

काठमाडौँ, १४ जेठ ।  एक्लोपन महसुस गर्दै आएका युवालाई लक्ष्य गरेर चीनको गुआङ्गडोङ प्राप्तको ह्युआन सहरमा भाडामा प्रेमिकाको सेवा सुरु गरिएको छ। ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन्।

Advertisement

पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन् । द सनकाअनुसार भाडामा प्रेमिका बनाउनका लागि सुरुमा कम्तीमा २० मिनेटको शुल्क तिर्नुपर्छ। २० मिनेटका लागि १ आरएमबी (१७ रुपैयाँ नेपाली ) को हाराहारीमा शुल्क लाग्छ।

यसरी लिइएका प्रेमिकासँग उक्त सपिङ कम्प्लेक्सभित्र घुमफिर गर्न, वार्तालाप गर्न सकिन्छ तर, उनीहरूको अनुमतिविना छुन पाइँदैन। सपिङ कम्प्लेक्सबाहिर लैजान पनि भाडामा लिइएकी प्रेमिका राजी हुनुपर्छ।

चीनमा महिलाको तुलनामा पुरुषको जनसङ्ख्या बढी भएका कारण कैयौँ युवाले विवाहका लागि युवती पाउन सकेका छैनन्। यस्तोमा एक्लोपन महसुस गर्ने युवालाई ध्यानमा राख्दै योसेवा सुरु गरिएको मलको दाबी छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!