काठमाडौँ, १४ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ‘सुखी नेपाली समृद्ध नेपाल’ नारासहित अघिबढिरहे पनि दैनिक उपभोग्य वस्तुको भाउ भने बढिरहेको छ।

Advertisement

सरकारले देशका अति दुर्गम तथा विकट क्षेत्रमा दैनिक उपभोग हुने नुन महँगो पार्ने तयारी गरेको छ। मुलुकमा राजनीतिक स्थितरताले जनताका न्यूनतम आधारभूत आवश्यकता सम्बोधन गर्ने अपेक्षा गरिएको बेला विकट क्षेत्रमा नुनको भाउ महँगो पर्ने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली सरकार बनेको १०० दिनमा चार पटक पेट्रोलियम पदार्थको मूल्य बढेपछि पछिल्लो समय मुद्रास्फीतिमा चाप पर्न थालेको छ।

सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फीति सात प्रतिशतभित्रै राख्ने लक्ष्य राखेको भए पनि पछिल्ला महिनाहरूमा पेट्रोलियम पदार्थको भाउ आकाशिन थालेपछि सरकारलाई समस्या परेको छ।  कारोबार दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!