एजेन्सी

काठमाडौं । लिच्ची गर्मीमा पाइने फल हो । यो खाँदा स्वादिलो त हुन्छ नै, स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, आइरन र मिनरलहरू पाइन्छन् । गर्मीमा दिनदिनै लिच्ची खाँदा अनेकौं समस्या भाग्छन् । यहा हामी तपाइलाई लिच्चीका  फाइदाहरुको बारेमा जानकारी गराउछौ :

Advertisement

बलियो रोगप्रतिरोधात्मक क्षमता
लिच्चीमा बिटा क्यारोटिन, राइबोफ्लेभिन, नियासिन र फोलेट टन्नै हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । पेटसम्बन्धी समस्या भएका मानिसले लिच्ची खाँदा राम्रो हुन्छ ।

तौल नियन्त्रण
लिच्चीमा फाइबर पाइन्छ जसले तौल नियन्त्रण गर्न सहयोग गर्छ । छिट्टै मोटोपन घटाउन चाहने मानिसले लिच्ची खानुपर्छ । बिहान लिच्ची खाँदा भोक नियन्त्रणमा रहन्छ अनि पेट पनि भरिएको अनुभव हुन्छ ।

पानीको आपूर्ति
लिच्चीको रस पौष्टिक हुन्छ । गर्मीमा शरीरमा पानीको अभाव हुन्छ । लिच्चीले यो अभाव पूरा गर्छ । यसले शरीरलाई चिसो पनि बनाउँछ ।

बच्चाको विकास
लिच्चीमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम हुन्छ । यसले बच्चाहरूको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । लिच्चीले हड्डीको रोग अस्टियोपोरोसिसलाई रोक्छ ।

क्यान्सर
क्यान्सर कोषिकासँग लड्ने गुण लिच्चीमा हुन्छ । दिनदिनै लिच्ची खाँदा क्यान्सरका सेलहरू बढ्न पाउँदैनन् ।

गलासफा गर्न
गला खिचखिच गरेर समस्या परेको छ भने लिच्ची खाने गर्नुस् ।

पेट

छेरपट्टी, बान्ता, अल्सर र पेट सुन्निने समस्यालाई कम गर्नका लागि लिच्चीको सेवन लाभदायक हुन्छ । लिच्चीले पत्थरीको पीडामा पनि राहत दिन्छ ।

तर धेरै लिच्ची नखानुस् । त्यसो गर्दा चिलाउने, सुन्निने र सास फेर्न समस्या हुने हुन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!