सुरुङ्गा, झापा, १४ जेठ । सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ ।

Advertisement

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

दीर्घरोगको निःशुल्क उपचारका लागि पहिलो चरणमा उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि वितरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै नियमित रक्तचाप जाँच र मधुमेहका बिरामीको रक्त जाँचका लागि शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्र, अर्जुनधारा स्वास्थ्य चौकी र खुदुनाबारी स्वास्थ्य चौकीलाई केन्द्र बनाएर कार्यक्रम शुरुवात गर्न लागिएको नगरप्रमुखको भनाइ छ ।

ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँचको थालनी गर्न शुरुवात गरिएको यस कार्यक्रमको निरन्तरतासँगै भविष्यमा एकल महिला तथा अपांगताका समेत कार्यक्रम अघि बढाइने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!